spot_img

spot_img

लाखौँ राजस्व छल्दै यातायात कार्यालय वीरगञ्ज लाइसेन्स शाखाका डा. यादव, हचुवाको भरमा निरोगिता प्रमाण पत्र

वीरगञ्ज, २८ पुष । यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्जको मेडिकल टेण्डर प्राप्त गरेका डा. अम्बेडकर कुमार यादवले लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ ।

४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका डा. यादवले आम्दानीको टिडिएस नतिरेर राजस्व छली गरीरहेको प्राप्त प्रमाणले पुष्ठि गरेको छ ।

वि.स. २०७४ सालमा मेडिकल टेण्डर प्राप्त गरेदेखि हरेक वर्षमा पुनः टेण्डर आह्वान हुनुपर्नेमा त्यसो नभएर लगातार डा. यादवले नै कब्जा जमाएर बसेको पाइएको छ । आफ्नो जिम्मामा टेण्डर परेपनि आफूले काम नगरी अरु २ जना चिकित्सकलाई राखेर डा. यादवले रौतहटको चन्द्रपुरस्थित अस्पतालमा काम गरीरहेका छन् ।

 

हरेक वर्षको ७ महिना ३० गते टेण्डरको मिती सकिने र ८ महिना १ गते पुनः टेण्डर आह्वान गर्नुपर्ने प्रावधान रहेपनि उक्त प्रावधानको खिल्ली उडाउँदै डा. यादवले रजाई गरीरहेका छन् ।

एनएमसी नम्बर १५४०२ रहेका डा. यादवले डा. रामएकवाल राय र डा. रमेश महतोलाई निरोगिता प्रमाण पत्र प्रदान गर्ने जिम्मेवारी सुम्पिएका छन् । अरुलाई काम लगाएपनि डा. यादव बेला बेला आएर निरीक्षण गर्नुपर्नेमा उनी लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् ।

प्रति व्यक्ति निरोगिता प्रमाण पत्रबापत रु. १ सय र रक्त समुह परीक्षणको रु ५० का दरले डा. यादवले टेण्डर पाएका थिए । सोही दरलाई आधार मानेर प्रतिदिन निरोगिता प्रमाण पत्र र रक्त समूह परीक्षण बापत झण्डै ६० हजारको हाराहारीमा रकम संकलन हुने गरेको छ ।

अर्थात १ वर्षमा लगभग १ करोड ६० लाख रकम हुन जान्छ । स्वास्थ्य परीक्षण गरेबापत डा. यादवले १५ प्रतिशत टिडिएस तिर्नुपर्ने सरकारी प्रावधान रहेपनि यादले ४ वर्षदेखि करोडौँ रकमको टिडिएस नतिरेर सरकारको राजस्वसमेत छली गरेको पाइएको स्रोतले जनाएको छ ।

यता चिकित्सकले सामान्य मेडिकल जाँच समेत नगरी रकम लिएर अशक्तहरुलाईसमेत निरोगिता प्रमाण पत्र प्रदान गरेको प्रमाण यात्रा डेलीलाई प्राप्त भएको छ । यात्रा डेलीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...