विश्वभर कोभिड १९ संक्रमण फेरि बढ्दै गएको छ। विश्वका अधिकांश देशमा ओमोक्रन भेरियन्ट फैलिएसँगै फेरि कोरोना संक्रमणको ग्राफ उकालो लागेको हो।
डेल्टा भेरियन्टसँग जुध्दै संक्रमणको जोखिम कम भइसकेको अवस्थामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमोक्रन’ देखिएसँगै फेरि विश्वभर नै संक्रमणको गति बढेको हो। विश्वमा फेरि संक्रमणको जोखिम बढे पछि विभिन्न राष्ट्रहरुले फेरि प्रतिबन्धहरु लागू गरेका छन्। विश्व स्वास्थ्य संगठनले डेल्टाभन्दा ओमोक्रन तीव्र रुपमा फैलिने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गरेको छ।
ओमोक्रनले फेरि कोरोना संक्रमण बढाएसँगै युरोप र अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका छन्। यता, युरोपियन मेडिसिन एजेन्सीले भने ओमोक्रन भेरियन्टको फैलावटसँगै कोरोना ‘प्यान्डेमिक’ (महामारी) बाट ‘इन्डेमिक’ (निश्चित क्षेत्रमा नियमित रूपमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको जनाएको छ। यो भाइरससँग मानिस बाँच्न सक्ने समेत एजेन्सीले दाबी गरेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर ८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ११ हजार भन्दा बढीको मृत्यु भएको छ।