काठमाडौं : पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिन (सोमवारको २४ घण्टामा) पुष्टि भएको संक्रमण भन्दा ६९ प्रतिशतले बढी हो। सोमवार १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो। 

पछिल्लो २४ घण्टामा १५ हजार ३३ नमुना परीक्षण गरिएकोमा १६.३ प्रतिशत संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। मन्त्रालयको तथ्यांकले ६.१५ जनाको नमुना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ। 

सोमवारको संक्रमण दर कुल परीक्षणको १२.७ प्रतिशत थियो। जुन ७.३६ नमुना मध्ये १ मा संक्रमण हो।   

मंगलवार १० हजार ६४८ जनाको नमुना आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा १८.६ अर्थात एक हजार ९८१ जना संक्रमित पहिचान भएका हुन्। त्यस्तै ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा १०.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जुन ४६३ हो। 

यसैबिच पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार २८६ जना रहेका छन्। जुन पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमितको ५२.६ प्रतिशत हो। 

जसमध्ये काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

हाल नेपालमा ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा मात्र पाँच हजार ३१० जना सक्रिय संक्रमित रहेका छन्। जुन कुल सक्रिय संक्रमितको ५५.८ प्रतिशत हुन आउँछ। 

उपत्यकामा रहेका सक्रिय संक्रमित मध्ये काठमाडौंमा तीन हजार ५२१, ललितपुरमा एक हजार ९० र भक्तपुरमा ६९९ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय