वीरगञ्ज २७ पुस । बीरगञ्ज हुँदै भारतीय सीमावर्ती रक्सौलमा बजार गर्न गएका व्यक्तिहरूमा कोरोना संक्रमण भेटिएसँगै वीरञ्ंजमा कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ ।

वीरगञ्ज हुदै रक्सौलमा बजार गर्न गएका २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरू मध्ये अधिकांश बीरगञ्जका बासिन्दा रहेको वीरगञ्ज महानगरपालिकाद्वारा इनर्वामा स्थापित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महतोले बताउनुभयो ।

वीरगञ्ज रक्सौल नाका हुँदै आवतजावत गर्नेहरूको विगत ६ दिनयता गरिएको परीक्षणमा १ सय जनाभन्दा बढीलाई कोरोना संक्रमण भेटिएको डा. महतोले बताउनुभयो ।

यसअघि, भारतको दिल्ली, कोलकतालगायत विभिन्न स्थानबाट रेलमार्ग हुँदै नेपाल भित्रिएका भारतीय तथा नेपालीहरूमा संक्रमण देखिएकोमा आइतबारदेखि समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि भएको डा.महतोले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड समेत संक्रमित भएपछि अहिले स्थानीय प्रशासनमा मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश निषेध गरिएको छ ।

वीरगञ्ज नाका भएर दैनिक २ हजारभन्दा बढी आवतजावत गर्ने भए पनि हाल सरदरमा पाँच सय जनाको मात्रै एन्टिजेन परिक्षण हुँदै आएको इनर्वा हेल्थ डेस्क इन्चार्ज डा. अनिशा महतोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय