spot_img

spot_img

रक्सौल बजार गर्न गएका २४ जनालाई कोरोना संक्रमण


वीरगंज २६ पुस । रक्सौलमा बजार गर्न गएका २४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू मध्ये अधिकांश वीरगंजका बासिन्दा रहेको वीरगंज महानगरपालिकाद्वारा इनर्वामा स्थापित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महतोले बताउनुभयो । वीरगंज रक्सौल नाका हुँदै आवतजावत गर्नेहरूको विगत ५ दिनयता गरिएको परीक्षणमा ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण भेटिएको डा. महतोले बताउनुभयो । यसअघि, भारतको दिल्ली, कोलकतालगायत विभिन्न स्थानबाट रेलमार्ग हुँदै नेपाल भित्रिएका भारतीय तथा नेपालीहरूमा संक्रमण देखिएकोमा आइतवारदेखि समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि भएको डा.महतोले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड समेत संक्रमित भएपछि अहिले स्थानीय प्रशासनमा मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश निषेध गरिएको छ । वीरगंज नाका भएर दैनिक दुर्ई हजारभन्दा बढी आवतजावत गर्ने भए पनि हाल सरदरमा पाँच सय जनाको मात्रै एन्टिजेन परिक्षण हुँदै आएको इनर्वा हेल्थ डेस्क इन्चार्ज डा. अनिशा महतोले बताउनुभयो । दैनिक दुर्ई हजारको हाराहारीमा ओहोरदोहोर गर्ने नाकामा एउटा मात्रै हेल्थ डेस्क र त्यहाँ १२ जना मात्रै कर्मचारी अपर्याप्त भएको बताउँदै डा.महतोले आवतजावत गर्ने सबैलाई परीक्षणको दायरमा ल्याउन थप जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । वीरगंज नाकामा गरिएको परीक्षणको क्रममा १४ वर्षदेखि ५० वर्ष उमेर समूह व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ भने अधिकांश सङ्क्रमितहरूमा लक्षण नदेखिएको र सामान्य रूघाखोकी मात्रै रहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...