spot_img

spot_img

घरेलु फुटबलमा पुलिसको लय खस्कँदो : प्रशिक्षक थापाको बचाउ, ‘सबै टिम जितौं भन्ने हिसाबले आएका छन्’

काठमाडौँ : कुनै समय थियो घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबको दबदबा। लिगदेखि नकआउट फुटबलसम्म सबैमा उपाधि दाबेदारको चर्चा हुँदा अगाडि हुन्थ्यो पुलिस क्लब।

बीचमा केही समय पुलिसको प्रदर्शनन खस्कियो। स्वर्णिम युग मानिने ६० को दशकको टिममा रहेका खेलाडीले क्लब छाडेपछि पुलिसको प्रदर्शन पहिलेको जस्तो रहेन। हरी खड्का, रमेश बुढाथोकी, राकेश श्रेष्ठ, अनन्त तामाङ जस्ता खेलाडीले क्लब छाडेपछि पुलिस लड्खडायो।

पछिल्लो लिगहरुमा पुलिस उपाधिको दाबेदार टोलीका रुपमा समेत आफ्नो छविलाई कायम गर्न संघर्ष गरिरहेको छ। यसपटक आठौं चरणको खेल खेल्न गइरहेको पुलिसको लिगमा प्रदर्शन अंकतालिकामा हेर्दा दयनीय छ। पुलिसले जारी सिजन ७ खेलमा १ जित, ३ बराबरी र ३ पराजय ब्यहोर्दै ६ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ। अर्थात रेलिगेसन जोनमा रहेका च्यासल युथ क्लब र फ्रेन्ड्स क्लबभन्दा क्रमश २ र ३ अंकले माथि छ।

पुलिसको स्वर्णिम पुस्ताका खेलाडीमध्ये एक अनन्त थापा हाल पुलिसको प्रशिक्षक छन्। पुलिस संकटमा परिरहँदा थापा भने त्यसको बचाउमा छन्। लिगको टप टेबलमा रहेका टिमहरुसँग खेलिसकेको हुनाले अबको खेलमा राम्रो नतिजा आउने विश्वास थापाको छ।

‘अबको छ वटा खेल महत्वपूर्ण छ। लिगको टप टेबलमै रहेकोसँग हामी पराजित भएको हौं। बाँकी हाम्रै लेभलको टिम छन्,’ थापाले भने, ‘निश्चित गेमहरु अफ्ठेरो पर्‍यो। मनाङ, मछिन्द्र, संकटा, आर्मीलगायत शीर्षसँग खेलेका छौं। अब पछाडिका टिमसँग खेल्न पर्ने हो।’

रेलिगेसन जोनमा निरन्तर परेपछि दबावमा आएको अर्को विभागीय टोली एपीएफले विदेशी खेलाडी अनुबन्धित गर्‍यो। त्यसो त विभागमा विदेशी खेलाडीको आवश्यकता रहेको भनेर लिगको सुरुमा थापाले नै भन्दै आएका थिए। कमजोर सुरुवात गरेको एपीएफले विदेशी खेलाडी ल्याएर रेलिगेसन जोनबाट आफूलाई माथि उभ्याउन सफल भएको छ। तर, नेपाल पुलिसको यो सिजनमा त्यस्तो केही योजना नभएको थापाले स्पस्ट पारे।

‘यो वर्ष केही त्यस्तो योजना छैन। हामीसँग भएको आफ्नै श्रोतसाधनबाट सक्नेछौं,’ थापाले भने, ‘स्कोरिङ निकाल्न पनि सकिरहेका छैनौं। मौकाहरु बनाएका छौं। त्यो कुरालाई अभ्यासमा सुधार्नेछौं। तीन प्वाइन्टका लागि खेल्नेछौं।’

आजको खेलमा तीन अंकका लागि खेल्ने थापाले बताए। पुलिसको खस्कँदो लयको चर्चा अहिलेमात्र सुरु भएको होइन। अघिल्लो सिजन पनि थापाले प्रदर्शनबारे विश्लेषण गर्दै प्रतिस्पर्धा बढेको जनाएका थिए।

‘हामीले खेल्दा मनाङ र थ्री स्टारले मात्र विदशी खेलाडी ल्याउँथे। ती खासै राम्रा खेल्दैनथे। अहिले त बलिया खेलाडी भित्र्याइएका छन्। बलिया खेलाडी भएपछि टिम त्यसै बलिया हुने भो। सबै टिम जितौं भन्ने हिसाबले आएका छन्,’ उनले भनेका थिए।

थापाको विश्लेषणमा अहिलेका टिमहरुमा कोचिङले पनि धेरै प्रभाव पारिरहेको छ।

‘त्यतिबेला हामीसँग ८/९ जना राष्ट्रिय खेलाडी हुन्थे। टिम बिल्डिङ राम्रो थियो। जबकी बाहिरका टिमहरु राम्रोसँग तयार नै हुँदैन थियो। प्लेयरहरुले आफ्नो रोल निभाउन सकिरहेका हुन्नथ्यो। अझ भनौ न अपोनेन्टले मलाई जति दुख दिनु पर्ने हो त्यति दिएनन्’, अहिलेको खेल्ने तरिकाबारे प्रशिक्षक थापाले भनेका थिए, ‘अहिले त धेरै परिवर्तन भइसकेको छ। टिमहरु डिफेन्डिङ खेल्न थालेका छन्। टिमहरु प्याट्रन बनाएर खेल्न थालेका छन्।’

पुलिसलाई ब्रिगेडको चुनौती

ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। जसमा पुलिस र ब्रिगेड ब्वाइज क्लब दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन्। ब्रिगेड ब्वाइजले ७ खेलबाट ५ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ।

आजको खेलमा पुलिसले जित निकालेको खण्डमा ८ औं स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्ने छ भने ब्रिगेडले जित निकालेको खण्डमा नवौं स्थानको जावलाखेलसँग अंक बराबरी गर्नेछ।

पुलिसको जारी सिजको प्रदर्शन:

पुलिस भर्सेस त्रिभुवन आर्मी फुटबल क्लब १-१ (बराबरी)

पुलिस भर्सेस जावलाखेल युथ क्लब १-० (जित)

पुलिस भर्सेस हिमालयन शेर्पा क्लब १-१ (बराबरी)

पुलिस भर्सेस संकटा क्लब ०-१ (पराजय)

पुलिस भर्सेस मनाङ मर्स्याङदी क्लब १-३ (पराजय)

पुलिस भर्सेस फ्रेन्ड्स क्बल ०-० (बराबरी)

पुलिस भर्सेस मछिन्द्र क्लब ०-१ (पराजय)

ब्रिगेडको जारी सिजन प्रदर्शन

ब्रिगेड भर्सेस एपीएफ ३-२ (जित)

ब्रिगेड भर्सेस न्युरोड टिम ०-० (बराबरी)

ब्रिगेड भर्सेस त्रिभुवन आर्मी ०-१ (पराजय)

ब्रिगेड भर्सेस जावलाखेल युथ क्लब ०-० (बराबरी)

ब्रिगेड भर्सेस हिमालयन शेर्पा ३-१ (पराजय)

ब्रिगेड भर्सेस संकटा ३-०(पराजय)

ब्रिगेड भर्सेस मनाङ मर्स्याङदी १-० (पराजय)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...