spot_img

spot_img

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत

बुटवल : नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन्। उम्मेदवारी दिएका पुरुषोत्तमा घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि नवौं जिल्ला अधिवेशनबाट केसी सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन्।

वि.सं २०४१ सालमा रुपन्देहीको पर्रोहा माविमा तत्कालीन अनेरास्ववियु पाचौंबाट विद्यार्थी संगठनमा आवद्ध भएका केसीले २०४६ सालको जनआन्दोलनमा तत्कालीन पश्चिम दक्षिण कमिटी (फर्साटिकर–मुर्गीया–सालझण्डी) को नेतृत्व गरेका थिए। २०५३ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। एमाले रुपन्देहीमा ६ कार्यकाल विभिन्न जिम्मेवारीमा रहेर काम गरीसकेका केसी पछिल्लो समय जिल्ला सह-संयोजक थिए।

त्यस्तै, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन्। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उपप्रमुख समेत हुन्। त्यस्तैगरी सविचमा यज्ञ गैरे चयन भएका छन्। सचिवमा उम्मेदवारी दिएका खेमप्रसाद लुइटेलले उम्मेदवारी फिर्ता लिएपछि गैरे सर्वसम्मत बनेका हुन्।

उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन्। कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख समेत हुन्। रूपन्देही एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र अर्का नेता घनश्याम भुसालको गृहजिल्ला हो।

अधिवेशनबाट रूपन्देहीमा १५१ सदस्यीय जिल्ला कमिटी बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...