स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि जित निकालेको छ। घरेलु मैदान सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा रियलले भ्यालेन्सियामाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। रियलको जितमा भिनिसियस जुनियर र करिस बेन्जेमाले समान २-२ गोल गरे।

घरेलु टोलीका कासेमिरोलाई भ्यालेन्सियाका खेलाडीले लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ४३ औं मिनेटमा बेन्जेमाले खेलमा अग्रता दिलाए।

पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि भिनिसियस जुनियरले ५२ औं र ६१ औं मिनेटमा गोल थपे। उता भ्यालेन्सियाका लागि गोनकालो गुइडेसले ७६ औं मिनेटमा गोल फर्काए तर ८८ औं मिनेटमा रियलका लागि बेन्जेमाले अर्को गोल थपे। र, रियलले ४-१ को सानदार जित निकाल्यो।

गएराति नै सम्पन्न अर्को खेलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकियो। लस कारमेनेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीसँग बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५५ औं मिनेटमा लुक डी जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर ८९ औं मिनेटमा घरेलु टोलीका एन्टोनियो पुएरटसले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसअघि ७९ औं मिनेटमा बार्सिलोनाका पएज गाभी रेडकार्ड खाँदै बाहिरएका थिए।

योसँगै शीर्षस्थानमा रियल मड्रिडले ८ अंकको अग्रता बनाएको छ। मड्रिडले २१ खेलबाट ४९ अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानको सेभियाले १९ खेलबाट ४१ अंक जोडेको छ। त्यस्तै ३२ अंक जोडेको बार्सिलोना छैठौं स्थानमा रहँदा २८ अंक जोडेको भ्यालेन्सिया नवौं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय