spot_img

spot_img

हेटौँडा सिमेन्ट दैनिक ९ हजार बोरा बिक्री हुँदै, पुरानो मेसिनका कारण उत्पादन भने कम

हेटौँडा : सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट दैनिक ९ हजार बोरा बिक्री हुन थालेको छ। उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले माग अत्यधिक रहेकाले स्टक नरहेको जानकारी दिए।

‘हामी आफ्नो लक्ष्य अनुसार सिमेन्ट उत्पादन गरिरहेका छौं। बिक्री राम्रो हुँदै आइरहेको छ,’ उनले भने। अत्यधिक मागका कारण कतिपय डिलरमा सिमेन्ट पठाउन नपुगेको उनले जानकारी दिए।

गत वर्ष २०७७/७८ मा क्लिंकर १ लाख ५० हजार टन र सिमेन्ट १ लाख ६२ हजार टन उत्पादन गर्ने लक्ष्य थियो। तर,  मेशिन पुरानो भएकाले ८४ हजार ५ सय १४ टन क्लिंकर उत्पादन र सिमेन्ट उत्पादन ८९ हजार २ सय २५ टन मात्रै भएको थियो।

महाप्रबन्धक सिंहका अनुसार चालु आर्थिक वर्षमा मेसिनमा खराबी नआएकाले उत्पादन र बिक्री पनि राम्रै भएको बताए। चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म क्लिंकर ३२ हजार टन र सिमेन्ट ३९ हजार टन उत्पादन भएको उनले बताए।

चालु वर्षमा क्लिंकर १ लाख २५ हजार मेट्रिक टन र  सिमेन्ट १ लाख २६ हजार टन उत्पादन गर्ने लक्ष्य लिइएको छ। हेटौँडा सिमेन्ट बोराको ७ सय ४९ रुपैयाँमा बिक्री हुँदै आएको छ। सिंहका अनुसार उद्योग अहिले ७० प्रतिशत क्षमतामा मात्रै चलिरहेको छ। उद्योगमा ३ सय ७० कर्मचारी कार्यरत छन्।

२०३३ सालमा स्थापना भएको उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो। हेटौँडा नगरपालिका-९ लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एक हजार टन चुनढुंगाको आवश्यकता पर्छ।

उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ। उद्योगले धादिङको जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...