spot_img

spot_img

मुस्कान खातुनलाई सरकारले ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, अरु के के निर्णय गर्‍यो मन्त्रिपरिषदले ?

काठमाडौं : सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (१० अर्ब ३९ करोड रुपैयाँ) नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सरकारले आर्थिक वर्ष २०७८, ७९ को लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने, नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने, र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।

सरकारले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको हो। सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी तेत्तिस केबी सबस्टेशन निर्माणका लागि २ विगाह जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने र दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल भारत जोड्ने माटरेबुल पुल, निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय समेत गरेको छ।

प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ। त्यस्तै वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्रफल भित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिनेगरि आवश्यक रुखहरु कटान, मुछान, गर्न र नमुनाहरु प्रयोगशालासम्म ल्याउन स्वीकृत प्रदान गर्ने र नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीवार प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको छ।

कार्कीले मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने र राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको पनि बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...