वीरगञ्ज, २१ पुष । पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा नेपाली कांग्रेसकाे वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरुकाे पदभार ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य नबिन सिंहले अगामी तीनै तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे जित निश्चित रहेकाे दाबी गरेका छन् । सिंहले उच मनोबलका साथ चुनावकाे तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकाे नेता सिंहले छिपहरमाई गाउँपालिकामा महिला स्वास्थ्यकर्मी सुरक्षित नरहेकाे बताउँदै चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसकाे वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिमा पाशुपतिनाथ गिरि, उप सभापतिमा उसमान मिया, प्रभु महताे काेईरी, सचिव हरेन्द्र प्रसाद यादव, नन्दलाल यादव, सह सचिव मुना कुमार पटेल, श्रवण साह तेली, सदस्यहरुमा लालबाबु उपाध्याय, किसाेरी राउत अहिर, अनिरुद राउत कुर्मी, जगरनाथ ठाकुर लाेहार, आसमहमद अन्सारी, कृष्ण कुमार, सुरेन्द्र साह साेनार, रिन्कु यादव, मन्दिप साह तेली, सुदामा साह, रिकेस महताे, धरेन्द्र प्रसाद, किसनावती देवी, गिता कुमारि कायस्त, उमा पति देवी लगायतकाले पदभार ग्रहण गरेका थिए ।
वडा सभापती पाशुपतिनाथ गिरिको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि रामेश्वर महतो, विरेन्द्र महतो, पर्सा क्षेत्र नम्बर ४(ख) का सभापति दिपेन्द्र सिंह, प्रदेश प्रतिनिधि जितेन्द्र वर्मा, नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका निवर्तमान संयोजक धुरेन्द्र साह, छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका प्रत्याशी विरेन्द्र पटेल, वडा नम्बर १ का वडाध्यक्षका प्रत्याशी सुरेन्द्र यादव, युवा नेता रुपेश उपाध्याय, चन्जित कुशवाहा, नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका शिक्षक माहासंघका अध्यक्ष गगनदेव यादव, कपिल देव यादव लगायतकाकाे सहभागिता रहेकाे थियो ।