अमेरिकाबाट हराइरहेकी एक तीन वर्षीय अफगानी शरणार्थी बालिकालाई खोज्नका लागि एफबीआईले टोली परिचालन गरेको छ। गत महिना ती बालिका टेक्ससको एक खेल मैदानबाट हराएकी थिइन्।
लिना सदार खिल २० डिसेम्बरमा सान एन्टोनियो अपार्टमेन्ट कम्प्लेक्सको खेल मैदानमा अन्तिमपटक खेलिरहेकी देखिएकी थिइन्। त्यसपछि उनकी आमाले उनलाई फेला पार्न सकिनन्।
एफबीआईले ती बालिकाको खोजीका लागि टोली नै परिचालन गरेको छ। अहिले ती बालिकाको परिवार वासिङ्टन पुगेको छ। सोमवार दिनभर उनीहरु सान एन्टोनियो प्रहरी कार्यालयमा थिए। उनीहरु हाल वासिङट्न पुगेको त्यहाँका प्रहरी प्रमुख विलियम म्याकमानसले बताएका छन्।
ती अधिकारीले बालिकाको खोजिका लागि प्रमाणहरु खोजिरहेको बताउँदै कुनै कसर बाँकी नराख्ने बताएका छन्।
उनको खोजीका लागि गोताखोरहरुकोसमेत प्रयोग गरिएको छ। एफबीआईको गोताखोर टोलीले उनको खोजिका लागि विशेष उपकरण र प्रविधिहरूको प्रयोग गरिरहेको सीएनएनले जनाएको छ। ती बालिकाको परिवार अफगानिस्तानबाट कहिले आइपुगेको भन्ने खुलेको छ।
यसैबिच उनको बारेमा सूचना दिनेलाई इस्लामिक सेन्टर अफ सान एन्टोनियोले एक लाख अमेरिकी डलर बराबरको इनाम घोषणा गरेको थियो। उनी अन्तिम पटक देखिँदा रातो कपडा कालो ज्याक्ट र कालो जुत्ता लगाएकी थिइन्।