spot_img

spot_img

राष्ट्रिय सभाको निर्वाचनमा ९ दलका ४३ उम्मेद्वार : गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा, कुन प्रदेशमा कसले दिए उम्मेद्वारी?

काठमाडौं : राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। जसको लागि मंगलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सबै प्रदेशमा उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।

निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेद्वारको मनोनयन दर्ता भएको छ।

प्रदेश १ मा तीन पदको लागि आठ जनाले मनोनयन दर्ता गराएका छन्। गठबन्धन नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाट तीन, नेकपा (एमाले)बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जनाले मनोनयन दर्ता गराएका हुन्।

राष्ट्रियसभा सदस्यको अन्यतर्फ गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत, एमालेका गुरु बराल र राप्रपाका अम्बर बहादुर विष्ट तथा महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई, एमालेकी सुमित्रा भण्डारी र राप्रपाकी रन्जु प्याकुरेलको मनोनयन परेको छ।

अल्पसंख्यकतर्फ गठबन्धनबाट जसपाका हेमराज राई थुलुङ र एमालेका सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी दिएका छन्।

त्यस्तै, प्रदेश २ मा दुई पदका लागि ४ दलबाट ५ जनाको उम्मेद्वारी दर्ता भएको छ। गठबन्धनबाट माओवादी केन्द्र र जसपाका १/१ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेद्वारी दर्ता गराएकी छिन्। यस्तै, जसपाबाट अन्यतर्फ मोहम्मद खालिद सिद्धिकीले उम्मेद्वारी दर्ता गराएका छन्।

लोसपाबाट महिलातर्फ रूपा यादवले उम्मेद्वारी दर्ता गराएकी छिन्। एमालेबाट महिलातर्फ बिना देवी साह र अन्यतर्फ उस्मान अन्सारीले उम्मेद्वारी दर्ता गराएका छन्।

त्यसैगरी, वाग्मती प्रदेशमा ६ जनाको उम्मेद्वारी परेको छ। दुई जना सदस्यको लागि हुने निर्वाचनका लागि ६ जनाले मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ता गर्नेमा एमालेबाट महिलातर्फ निरकुमारी कुँवर र अन्यतर्फ गोपाल शाक्य छन्। त्यस्तै, गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्ण पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमिल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टीबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले पनि उम्मेद्वारी दिएका छन्।

लुम्बिनी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। गठबन्धनबाट कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका ३ जना र एमालेका तीन जनाको उम्मेद्वारी परेको हो।

गठबन्धनबाट अन्यतर्फ कांग्रेसका युवराज शर्मा, महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्माले मनोनयन दर्ता गराएका छन्। एमालेबाट दलिततर्फ कृष्ण सुनार, महिलातर्फ भारती उपाध्याय खनाल र अन्यतर्फ रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।

यस्तै, गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये तीन एमालेका, दुई माओवादी केन्द्र र कांग्रेसका एक जना छन्।

निर्वाचनका लागि एमालेबाट दलिततर्फ अर्जुन कुमार सुनाम, अन्यतर्फ पुण्यप्रसाद पौडेल र महिलातर्फ लीला थनेतले उम्मेद्वारी दर्ता गराएका छन्। गठबन्धनबाट दुई सिटमा माओवादी र एक सिटमा कांग्रेसले उम्मेद्वारी दिएका छन्। माओवादीका सुरेश आलेमगरले अन्यतर्फ र भुवन सुनारले दलिततर्फ मनोनयन दर्ता गराएका छन्। त्यस्तै, कांग्रेसबाट महिलातर्फ कमला पन्तले मनोनयन दर्ता गराएकी छिन्।

यसैगरी, कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाको मनोनयन दर्ता भएको छ। जसमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी)का ३ र एमालेका ३ जना छन्।

गठबन्धनबाट अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट, महिलातर्फ कांग्रेसका दुर्गाकुमारी गुरुङ र अन्यतर्फ एकीकृत समाजवादीका उदयबहादुर बोहोराले उम्मेद्वारी दर्ता गराएका हुन्। यस्तै, एमालेबाट अन्यतर्फ चुडामणि शर्मा, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ पदमबहादुर माझी र महिलातर्फ गंगा थापा महतले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा रोजेन्द्रकुमार आचार्यले जानकारी दिए।

यता, सुदूरपश्चिममा ३ पदमा हुने निर्वाचनका लागि ६ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। एमालेबाट ३ र संयुक्त गठबन्धनबाट ३ जना गरी ६ जनाले कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज मनोनयन दर्ता गरेका हुन्।

गठबन्धनका तर्फबाट महिला सदस्यमा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली कांग्रेसका नारायण मिश्रले उम्मेद्वारी दर्ता गराएका छन्।

एमालेबाट महिलामा सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ नरेश विक र खुल्लातर्फ डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...