spot_img

spot_img

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन हुँदै, यी पार्टी उत्रँदै प्रतिस्पर्धामा

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए। उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन्। आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।  

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र  नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन्।

आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन्। लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूर पश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ।

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन्। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...