गायक अनीश ओकिलीको ‘सिमल भुवा’ बोलको गीत सार्वजनिक भएको छ। ‘सरिताको दिदी’ गीतको सफलतापछि ओकिलीले नयाँ गीत सार्वजनिक गरेका हुन्। अनीश ओकिली युट्युब अकाउण्टमा गीतको भिडियो हेर्न सकिन्छ।
सार्वजनिक गीतमा अनीश ओकिलीको शब्द, संगीत र स्वर रहेको छ। गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो। भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ।
गीतको भिडियोमा प्रिया रानी लामा र प्रज्वल श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोमा विकास मगरको छायांकन, सम्पादन रहेको छ।
३ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीका गुलाबी जाडो ,झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन्।