फिल्म ‘बुलबुल’ले ‘इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल’ तीन विधामा अवार्ड जित्न सफल भएको छ। विनोद पौडेलको निर्देशन रहेको फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड समेत जितेको हो।
सामाजिक विषयवस्तुमा निर्माण भएको यस फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुषालका साथै लक्ष्मी बर्देवाको पनि मुख्य भूमिका रहेको छ। निर्देशक विनोद पौडेलले अवार्ड पाएकोमा फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्।
त्यसैगरि, सर्जियो बास्सोको फिल्म ‘सरिता-टेल मी हु आई एम’ले पनि दुई वटा अवार्ड हात पारेको छ। ‘सरिता-टेल मी हु आई एम’ले कोरियोग्राफी र पटकथा विधामा दुई अवार्ड जितेको हो। फिल्मको छायांकन रविन आचार्यले गरेका हुन्।
साथै, सर्ट फिल्म ‘बेर ट्रिइज इन द मिस्ट’ ले उत्कृष्ट सर्ट फिल्म रुपमा घोषित भएको छ।