काठमाडौं: गायक सज्जन राज वैद्यको ‘सस्तो मुटु’ बोलको गीतलाई दर्शकले रुचाएका छन्। दुईदिन अघि रिलिज भएको यो गीत युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा छ। यो गीत म्यूजिक ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।
पैसाले मायालाई सस्तो बनाउने कुरालाई उठाएको यो गीतलाई युवापुस्ताले मन पराएका छन्। समाचार तयार पार्दासम्म गीतलाई ६ लाख भन्दा बढी हेरिसकेका छन्।
यस गीतमा सज्जन राज वैद्यकै शब्द र स्वर रहेको छ। वैद्यले नै गीतको भिडियोमा लगानी गरेका हुन्।
गीतको भिडियोमा वैद्यका साथै रोविन चौधरी (रोव), रिहा वैद्य, श्रिया श्रेष्ठ, दिकेश महर्जन, प्रितम बहादुर शाक्य र सुमन तामाङको अभिनय रहेको छ। अभुषण चित्रकारको निर्देशन रहेको भिडियोलाई लबेश श्रेष्ठ र कुशल जोशीले खिचेका हुन्।