spot_img

spot_img

सडक आन्दोलन चर्किएपछि सुडानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

खार्तुम : सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन्। हामदोकले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ। यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ। राजनीतिक संकट थप बढ्दै गएका बेला हामदोकले आफ्नो पदबाट राजीनामा दिएको बताइएको छ।    

नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि अब्दुल्लाह हामदोकले प्रधानमन्त्रीबाट राजीनामा दिएको बताइएको छ। टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका हन्।    

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको उल्लेख गर्दै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु।’    
    
गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो। त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो। पछि सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो।    
    
सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए। उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको थियो। रासस/सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...