बुटवलः पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

दुर्घटनामा सात जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएका छन्।बसमा ४० जना सवार रहेको खुलेको छ। बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।

घुम्तीमा बस मोडिन नसक्दा दुर्घटना भएको हुनसक्ने  प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय