काठमाडौंः सशस्त्र प्रहरीको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छ।
पक्राउ पर्नेहरुमा बाग्लुङ ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र धनकुटा सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन्। उनीहरुलाई शनिवार पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा सौहार्द राईले परिक्षा दिन लाग्दा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।