spot_img

spot_img

डेरा सर्नेबारे प्रचण्डलाई अलमल : काठमाडौंमा सर्ने कि चितवनमा?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन्। खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन्।

ठेकेदारको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो। उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए। ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् प्रचण्ड। अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र छाडेका छन्। त्यसैले उनीमाथि शारदाप्रसाद अधिकारीलाई बचाउँदै आएको आरोप पनि लाग्दै आएको छ। 

‘डेरा सर्ने कुरा ठीक छ। खुमलटारबाट डेरा सर्छु। अर्को डेराको खोजी हुँदैछ। ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो। घर सल्लाह गर्छु। यहीँ बस्ने कि चितवन,’ प्रचण्डले आज जवाफ दिँदै भने।

उनले लिपुलेक लिम्पियाधुरा कालापानी लगायत भूमि फिर्ता ल्याउने विषय दस्तावेजमा समेट्ने बताए। नक्सामा अतिक्रमित भूमि फिर्ता भएको भए पनि जमिन नै फिर्ता नभएको भन्दै माओवादीले दस्तावेजमा राख्नुपर्ने प्रतिनिधिको सुझाव थियो।

अमेरिकी सहायता मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी)बारे भने प्रचण्डले दस्तावेजको धारणामा परिवर्तन नहुने बताए। राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी अघि नबढ्ने उल्लेख छ।  

‘तपाईँले उठाएको यो विषय दस्तावेजमा समेटिनेछ। एमसीसीको विषयमा पार्टीको दस्तावेजमा जे उल्लेख्य छ त्यही अडान हो। थप छलफल हुन्छ। संशोधनविना पारित हुन्न,’ प्रचण्डको भनाइ छ।

माओवादी केन्द्रले ८औं महाधिवेशनबाट चुनिने केन्द्रीय सदस्यहरुलाई गाउँमै बस्नुपर्ने बताएको छ। आफ्नै जिल्लामा बस्नुपर्ने व्यवस्था गर्न लागिएको प्रचण्डको भनाइ छ।

‘केन्द्रीय सदस्य काठमाडौंमा बस्न पाउने छैनन्। आफ्नो जिल्ला गाउँमै बस्नु पर्नेछ,’ उनले भने। त्यसैले डेरा सर्दा काठमाडौं नै बस्ने कि चितवन भन्ने प्रश्नले अध्यक्ष प्रचण्डलाई पनि अलमल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...