spot_img

spot_img

सर्वोच्चको फैसलाः ‘थुनछेक आदेशउपर सरकारी पक्ष माथिल्लो अदालत जाँदा पनि विपक्षी झिकाउनु पर्ने ’

काठमाडौंः पुर्पक्षका लागि थुनामा राख्ने तल्लो तहका आदेश बदर गर्नुपूर्व माथिल्लो अदालतले विपक्षीलाई सूचना दिनुपर्ने भएको छ। अहिले सरकारी पक्षले आदेश बदरको माग गर्दा प्रतिवादीलाई सूचना दिने अभ्यास छैन। तर, व्यक्ति (प्रतिवादी) अदालतको गएको हकमा सरकारी पक्षलाई सूचना दिने अभ्यास छ।

बैंक अफ काठमाण्डूको बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दाका एक प्रतिवादी भेषराज खत्रीको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको पूर्ण इजलासले सो व्याख्या गरेको हो। न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र मनोज शर्माको पूर्ण इजलासले उक्त अभ्यास न्यायिक दृष्टिमा समानता नभएको भन्दै दुबै पक्षलाई सूचना दिनुपर्ने व्याख्या गरेको हो।

अदालतको फैसलामा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम दायर हुन आएका निवेदनका सन्दर्भमा सुनुवाइ गर्दा तल्लो अदालतबाट भएको आदेश/निर्णय फरक पर्न सक्ने देखिएमा उल्लेखित निवेदन÷प्रतिवेदन उपर सुनुवाइ गर्ने अदालतले सुनुवाइको लाथि प्रत्यर्थी (अवस्था अनुसार बादी वा प्रतिवादी) पक्षलाई सुनुवाइमा उपस्थित हुन सूचना दिइ प्रतिवादको अवसर प्रदान गरेर मात्र मातहतका अदालतबाट भएका आदेशमा कानुन बमोजिम परिवर्तन गर्ने गर्नू र यसरी सूचना दिँदा सो निवेदन सम्बन्धी मुद्दा दायर रहेको अदालतमार्फत जनाउ दिने गर्न भनी मातहतका सबै अदालतहरुका नाउँमा यो निर्देशनात्मक आदेश जारी गरिएको छ।’

अदालतले खत्रीलाई रिहा गर्न भने अस्वीकार गरेको छ। सर्वोच्चको आदेशले थुनामा रहे पनि अदालतलाई विपक्षी नबनाएको, मुद्दा चलाउने पक्षभन्दा मुद्दा विचाराधीन अदालतलाई मात्र विपक्षी बनाएकाले रिहा आदेश सर्वोच्चले अस्वीकार गरेको हो ।

यस्तै, अदालतले आदेश अनुसारको सुनुवाइको कार्यविधि बनाई सर्वोच्चको पूर्ण बैठकमा पेश गर्न मुख्य रजिस्टारलाई पनि आदेश गरेको छ।

अदालतले बैंकिङ कसुरको उक्त विचाराधीन मुद्दा दुई वर्षभन्दा लामो समय भइसकेको भन्दै प्राथमिकताका आधारमा चाँडो फैसला गर्न पनि उच्च अदालतलाई आदेशमा भनेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...