spot_img

spot_img

नेपाल-भारतको साझा मञ्चमा कृषि मन्त्रीले भने : चुरे विनाश रोके दक्षिण एशियालाई कल्याण गर्न सक्छौँ

वीरगंज : कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले नेपालले दक्षिण एशियालाई खाद्यान्न निर्यात गरी सघाउन सक्ने बताएका छन्। वीरगंजमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालको तराई मधेसका उर्वर भूमिबाट विभिन्न प्रकारका कृषि उत्पादनलाई विदेश निर्यात गर्न सकिने बताएका हुन्।

स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले मनाइरहेको अमृत महोत्सव र नेपाल-भारत सहयोग मञ्चको रजत जयन्तीको अवसरमा दियालो लर्ड्स प्लाजा होटलमा बुधवार आयोजित ‘नेपाल-भारतका जनताको सम्बन्ध सम्मेलन’मा उनले यस्तो बताएका हुन्। नेपाल-भारत सीमाक्षेत्रका नागरिकबीचको सामाजिक विकासमा जोड दिन सरोकार मञ्च रक्सौलको सहकार्यमा आयोजना भएको कार्यक्रममा उनले चुरे विनाश नेपालको लागि मात्र नभई भारतको लागि पनि साझा समस्या भएकोले यस विषयमा नेपाल-भारत सरकारले साझा नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

‘चुरे सखाप भयो भने तराई-मधेस रहदैन, यहाँको उब्जाउ भूमि रहदैन, यहाँको जमिन बन्जर बन्ने छ, तर भूक्षय, बनजंगल विनाशले गर्दा सिँचाईको लागि पानीको अभाव हुन सक्छ, बाढी पहिरोले उर्वर भूमि नष्ट हुन्छ’, उनले भने, ‘त्यसकारण बाढी र अन्य समस्यालाई भारतको सहयोगमा हल गरी सरकारले चुरे बचाउने काममा कुनै कसर बाँकी राख्दैन।’

त्यस्तै, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका बिहार प्रदेश अध्यक्ष एवं लोकसभा सांसद सन्जय जैसवालले नेपाल एक सुन्दर देश भएको बताए। कार्यक्रममा सम्बोधन गर्दै उनले आजको सबैभन्दा बढी आम्दानीको स्रोत भनेको पर्यटन व्यवसाय नै भएको बताए।

उनले सिंगापुर, थाइल्यान्ड जस्तै नेपाल पनि पर्यटन व्यवसायमा उच्च सम्भावना बोकेको देश भएकोले छोटो समयमा फड्को मार्न सक्ने धारणा राखे।

‘भारतबाट ठूलो संख्यामा पर्यटन नेपाल आउन थाले भने रक्सौल र पूर्वी चम्पारण क्षेत्रको पनि विकास हुन्छ’, उनले भने, ‘नेपाल-भारत सरकारले रक्सौल-काठमाडौं रेलमार्गको स्वीकृति, रक्सौलदेखि डिघवारासम्म चार लेन र बेतियादेखि पटनासम्म चार लेन सडक विस्तार योजनाले बिहारको विकाससँगै नेपालको आर्थिक विकासमा मद्दत पुग्ने छ।’

भारत सरकारले वीरगंजको आइसीपी भएर यात्रुवाहक सवारी साधन प्रवेशको अनुमति दिइसकेको तर नेपाली पक्षको कारण वीरगंजको आइसीपीबाट यात्रुवाहक सवारी साधन आउजाउ गर्न नपाएकोले नेपाल सरकारले त्यसबारे चाडै निर्णय गर्न उनले अपिल गरेका थिए। उनले केही वर्षमै वीरगंज-रक्सौलबीचको विभिन्न ठाउँमा ओभरब्रीज निर्माण सम्पन्न भएपछि यो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने बताए।

रक्सौलको हवाई अड्डाको बारेमा पनि केन्द्रीय उड्डयन मन्त्रालयमा प्रस्ताव अड्केको र त्यसबारे भारतीय जनता पार्टीको सरकार गम्भीर रहेको उनले बताए। नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, संघीय सांसद लक्ष्मणलाल कर्ण, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार, उद्योगपति बाबुलाल चाचान, उमेशचन्द्र ठाकुरलगायतले सीमाक्षेत्रको समस्याको विषय र नेपाल-भारत सहयोग मञ्चको स्थापानाको बारेमा भनाइ राखेका थिए।

उनीहरुले काठमाडौं र दिल्लीको सम्बन्धले मात्रै दुई देशको सम्बन्ध मजबुत नहुने भन्दै सीमाक्षेत्रका जनता-जनताबीचको सम्बन्धको विषयमा गम्भीर हुनुपर्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...