spot_img

spot_img

पोखरा सडक महोत्सवको तयारी पूरा : महोत्सवमा आउने पर्यटकलाई कोभिड विरुद्धको खोप

पोखरा : रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान)ले आयोजना गर्ने २३औं संस्करणको पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको छ। १५ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी रेवानले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने सडक महोत्सव पोखराको शहीदचोकदेखि खहरे-डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा सञ्चालन गरिने रेवान अध्यक्ष लक्ष्मण बरालले  जानकारी दिए। महोत्सवको समयमा सडकलाई ‘नो भेहिकल’ जोन बनाइन्छ।

विभिन्न समुदायको संस्कृति झल्किने बाजागाजा तथा झाँकीसहित हल्लनचोकबाट मध्यान्ह १२ बजे र्‍याली शुभारम्भ गरिने रेवानले जनाएको छ। अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ १६ गते र्‍यापर समिर घिसिङ ‘भिटेन’ र विपुल क्षेत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ।

यस्तै, महोत्सवमा मैथिली संस्कृति, काठमाडौंको नेवारी संस्कृति, गुरुङ संस्कृति, थारु संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवमा झाँकी प्रदर्शन तथा साँस्कृतिक प्रतियोगिता आयोजना हुँदै छन्।

महोत्सवको अर्को आकर्षणको रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु हुने गर्छन्। विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ।

यस्तै, यो वर्षको महोत्सवमा रेवानले कानुन विपरीत आतिशबाजि नगर्ने जनाएको छ। महोत्सव संयोजक नरेश भट्टराईले नयाँ वर्ष २०२२ को स्वागतार्थमा आतिशबाजी कार्य बन्द गरिएको बताए।

सडक महोत्सवमा आउने पर्यटकलाई कोरोना खोप

पोखरा सडक महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई रेवानले कोभिड विरुद्धको जोनसन एण्ड जोनसेन खोप उपलब्ध गराउने भएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईका अनुसार महोत्सवमा आउने पर्यटकलाई प्रदेश सरकारको सहयोगमा खोप उपलब्ध हुने भएको हो। उनका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नम्बर ५ मा खोप उपलब्ध गराइनेछ।

सडक महोत्सवका लागि गृहमन्त्री खाण पोखरा आउँदै

सडक महोत्सवका लागि गृहमन्त्री बालकृष्ण खाण भोलि पोखरा आउँदै छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईका अनुसार सडक महोत्सव उद्घाटन गर्नका लागि गृहमन्त्री पोखरा आउन लागेका हुन्।

भोलि दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा सडक महोत्सवको उद्घाटन कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...