वीरगञ्ज, १४ पुष ।
८ वर्षिय बालकलाई हात खुट्टा बाँधी अपहरण गर्न खोज्ने १ युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलमा साथीहरुसँग खेल्दै गरेका ८ वर्षीय बालकलाई मादक पदार्थ सेवन गरी नशाको तालमा हात खुट्टा बाँधेर अपहरण शैलीमा अन्यत्रै लैजान खोज्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ पिप्राका २३ वर्षीय अवधेश पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्ना साथीहरुसँग खेल्दै गरेका जितेन्द्र पटेलका ८ बर्षीय छोरा अभिराज पटेललाई गलबन्दीले हात खुट्टा बाँधी लिएर जादै गर्दा अन्य बच्चाहरुले हल्ला गरेपछी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका व्यक्ति लागुऔषध सेवनकर्ता रहेको र नशाको सुरमा बच्चालाई गलबन्दीले बाँधेको बुझिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय