काठमाडौं : स्वास्थ्य उचारका क्रममा चीनमा रहेका नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्वीपक्षीय भेटवार्ता गरेका छन्। सोमवार भएको भेटमा पुनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्ती पनि सहभागी थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा चिनियाँ उपमन्त्रीसँग दुई देश बिचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध बिस्तार लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

जण्डिस देखिएपछि करिब ३ महिनादेखि उपचार गराइरहेका नेता पुन बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए। पुनको स्वास्थ्यमा सुधार भएपछि उनी द्वीपक्षीय भेटवार्तामा जुटेका हुन् ।

सम्बन्धित समाचार : माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् ‘मिसिङ’

हाल काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा पुन महासचिव पदका दाबेदार हुन्। तर, चीनमा रहेका पुनको महाधिवेशनमा कस्तो उपस्थिति रहन्छ भन्ने विषय अन्यौलमा छ।

उपचारका लागि केही परीक्षण बाँकी राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउने उनको तयारी थियो। तर, पार्टी अध्यक्ष प्रचण्डको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ता तय भएकाले उनी महाधिवेशनमा नपुगेको बताइएको छ। यद्यपि, उनी चीनबाट महाधिवेशन प्रतिनिधि र अन्य नेताहरुसँग पनि छलफल रहेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय