वीरगञ्ज, १३ पुष । ठूलो परिणामको प्रतिबन्धीत लागुऔषधसहित पर्सा प्रहरीले १ किशोरलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपास सडकखण्डमा शंकास्पद अवस्थामा हिँडीरहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी १९ वर्षीय विक्रम सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

सिमावर्ती शहर रक्सौलबाट पैदल आईरहेका सर्राफले बोकेको झोला शंका लागि चेकजाँच गर्दा प्रतिबन्धीत लागु औषध फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । डिएसपी खनालका अनुसार सर्राफको साथबाट नुफ्रिन, डाइजीपाम र फेनारगन साढे ३ सय एम्पुलका दरले १ हजार ५० एम्पुल फेला परेको छ ।

बरामद लागुऔषधसहित सर्राफलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय