ललन कुमार चौरसिया।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ७ नरकटियाबाट जन्ति लिएर घर फर्किने क्रममा बिआर ०५ पिए ६९५३ भारतीय नम्वरको स्कारपिओ बिरेन्द्र राजमार्गमा सखुअवा देखी गरूडा नगरपालिका वडा नं १ जयनगर स्थित दिउसो ३.४५ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको हो ।
परोहा नगरपालिका वडा नं ७ नरकटिया देखि गढीमाई नगरपालिकाको पार्सा गम्हरिया फर्किने क्रममा जन्ती सबार भारतीय नम्वरको स्कारपिओ गरुडा नगरपालिकाको जयनगर चोक देखि दक्षिण १०० मिटरको दूरीमा दुर्घटना भएको हो। गाडीमा सवार ८ जना मध्ये गढीमाई नगरपालिकाको गम्हरियाका १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह, ५५ बर्षिय मारुफ मिया अंसारी र २४ बर्षिय शेख छोटुको मृत्यु भएका इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले मध्यान्ह दैनिकलाई जानकारी दिएको हो ।
गाडी दुर्घटनामा परी घाईते ४ जना मध्ये दुईको अवस्था गम्भीर रहेको हुँदा विरगंज तर्फ उपचारको लागि रेफर गरिएको र २ जनाको गरुडाकै स्थानी अस्पतालमा उपचार भईरहेको डिएसपी भण्डारीले तिव्र गतिमा गुडिरहेको गाडीलाई चालकले नियन्त्रण गर्न नसक्दा विजुलीका खम्बामा ठोक्किर खाल्डोमा पल्टिए प्रहरीले जानकारी दिएका छन् ।