काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले जनवरी २९ र फेब्रुअरी १ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।

पछिल्लो समय नेपालले सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो। जसमा पहिलो पटक साफको उपविजेता बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय