काठमाडौं: एसीसी यू १९ एसियन कपमा आज नेपालले कुवेतको सामना गर्दैछ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा मध्यान्ह सवा ११ बजे नेपाल र कुवेतबीचको खेल सुरु हुनेछ।

सेमिफाइनलको होडबाट बाहिरिसकेका दुबै टोली आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछन्।

यसअघि नेपालले बंगलादेशसँग १५४ रन र श्रीलंकासँग ६० रनको पराजय ब्यहोरेको थियो। त्यस्तै कुवेतले बंगलादेशसँग २२७ र श्रीलंकासँग २७४ रनको पराजय ब्यहोरेको थियो। समूह बी को शीर्षस्थानका लागि आजै बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्।

समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय