काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु दस्तावेजमाथि छलफलमा जुट्दैछन्। सोमवार बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि २५ समूह विभाजन गरिएको थियो। साँझ अबेर समूह विभाजन भएकाले उनीहरु मंगलवारबाट छलफलमा जुट्दैछन्।
आज दिनभर प्रतिनिधिहरु प्रज्ञादेखि पार्टी प्यालेससम्म छलफलमा जुट्नेछन्।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
कहाँ कसको नेतृत्वमा हुँदैछ छलफल?
समूह १
सहभागीः जेष्ठ कम्युनिस्ट मञ्च
छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारीः एनके प्रसाईं
समूह २ र ३
सहभागीः सल्लाहकारहरु
छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ-बायाँ
समन्वयको जिम्मेवारीः नन्दकुमार थापा
समूह ४ र ५
सहभागीः प्रदेश नं. १ का प्रतिनिधि
छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ
समूह ६ र ७
सहभागीः प्रदेश नं. २ का प्रतिनिधि
छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः गणेश साह
समूह ८ र ९
सहभागीः लुम्बिनी प्रदेशका प्रतिनिधि
छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः चक्रपाणि खनाल
समूह १० र ११
सहभागीः गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ
समूह १२
सहभागीः प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त
समूह १३ र १४
सहभागीः कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थानः ए-वान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारीः विमला केसी
समूह १५ र १६
सहभागीः सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थानः ए-वान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट
समूह १७ र १८
सहभागीः सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थानः क्वालिटी ब्यांकेट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा
समूह १९
सहभागीः उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थानः क्वालिटी ब्यांकेट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा
समूह २० र २१
सहभागीः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुलीबजार
समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी
समूह २२ र २३
सहभागीः वाग्मती प्रदेशका प्रतिनिधि
छलफलको स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री
समूह २४
सहभागीः आयोगका सदस्य
छलफलको स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागीः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर