
वीरगञ्ज, १० पुष । भन्सार छलीको २५ लाख मूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले १ जनालाइै पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले सामाग्रीको बिलबिजक देखाउन नसकेपछि सामाग्रीसहित मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।
लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय (चालक) प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार पक्राउ परेका तामाङ्विरुद्ध राजस्व छली सम्बन्धी कसूरमा आवश्य अनुसन्धान थालिएको छ ।