spot_img

spot_img

बार्सिलोना : एक सफल युगको पतन ! – Nepal Views

काठमाडौं। जुन दिन बार्सिलोनाले हालको विश्व फुटबलको नं १ खेलाडी, लियोनल मेस्सीलाई क्लबमा राख्न नसक्ने घोषण गर्‍यो र मेस्सी रुँदै-रुदै बार्साबाट निस्किए त्यसै दिन संकेत मिलेको थियो कि बार्सिलोनाको समय सकियो अब।

तर कुनै समय विश्व फुटबलमा माहारथी क्लबको रूपमा रहेको बार्सिलोनाको पतन यति चाँडै र यतिल लज्जास्पद होला भनेर सायदै सोचिएको थियो होला। पतन पनि यतिसम्म भयो कि अब बार्सिलोना युरोपको ठूला क्लबको समूहमा रहन पनि योग्य रहेन।

जुन खेलाडीलाई किन्न अन्य क्लब मरिहत्ते गर्छन् त्यो स्टारको खर्च धान्न नसकेका कारण आफ्नो क्लब छाड्न बाध्य बनाएको बार्सिलोना ठूलो आर्थिक संकटमा छ भन्ने सबैलाई थाहा छ।

तर कारण यो होस या अन्य कुनै, कुनै बेला क्लब फुटबलमा साम्राज्य कायम गरेको बार्सिलोनाको फुटबल नै ठूलो संकटको संघारमा रहेको देखिन्छ। दुई दशकमा पहिलो पटक युरोपियन च्याम्पियनस् लिगको समूह चरणबाट नै बाहिरिएपछि सकंट झन चुलिएको छ।

हाल बार्सिलोना, त्यो बार्सिलोना रहेन जुन कुनै समयमा थियो। एउटा यस्तो समय थियो, जब युरोपियन च्याम्पियनस् लिगको टाईसिट ड्र हुँदा सबै युरोपका ठूला र पावरहाउस क्लबको समेत एउटै प्राथना हुन्थ्यो कि बार्सिलोनाको समूहमा पर्नु नपारोस।

अहिले यस्तो समय पनि आयो बार्सिलोनाको यात्रा समूह चरणबाट नै टुंगियो त्यो पनि एउटा बार्यन म्यूनिखबाहेक तुलनात्मक रूपमा अन्य दुई कमजोर क्लब बेनफिका र डाइनामो केभ रहेका समूहबाट।

आफ्नो क्लब इतिहासमा बार्सिलोना च्याम्पियनस् लिगको समूह चरणबाट नै बाहिरिएको यो मात्र चौथो पटक हो। पछिल्लो पटक यो भएको सन् २०००-०१ को सिजनमा मात्र थियो। जतिबेला बार्साको आधुनिक स्वर्णिम पुस्ताको जन्म नै भएको थिएन।

सन् १९८० मा पूर्व स्टार खेलाडी जोहान क्रुफ प्रशिक्षक भएपछि उनले बनाएको बार्सिलोनाको ‘ड्रिम टिम’ को सफलताको शृंखला ९० को दशकको आदाआदि आइपुग्दा सकियो।

यसपछि सन् २००० को दशकमा ब्राजिलियन स्टार प्ले-मेकेर रोनाल्डिनोको वरिपरि घुम्ने बार्सिलोनाको टिमलेसन् २००५-०६ को च्याम्पियनस् लिगको उपाधिसँगै केही उपलब्धि हात पारेको थियो।

बार्सिलोनाको स्वर्णिम युगको शुरुआत भने त्यतिखेर भयो जब सन् २००८ मा पेप गुआर्डिओला टिमको प्रशिक्षक भए। विशेषगरी क्लबको एकडेमी ‘ला मासिया’ का खेलाडीमा केन्द्रित भएर उनले यस्तो टिम बनाए कि त्यसले पूरा युरोप हल्लायो र यहीँबाट महान् खेलाडी मेस्सीको उदय भएको थियो।

अर्को वर्ष नै सन् २००९ मा स्पेनबाट एकै सिजनमा ‘कन्टिनेन्टल ट्रेबल’ तीन प्रमुख फुटबल उपाधि जित्ने बार्सिलोना पहिलो क्लब बन्यो, जब बार्साले स्पेनिस क्लब, स्पनिस लिग र युरोपियन च्याम्पियनस् लिगको उपाधि जितेको थियो।

मेस्सी, जाभी र इनिएस्टा सहितको बार्सिलोनाको स्वर्णिम युगको त्यो टिमलाई विश्वको समग्र खेलकुद इतिहासकै हालसम्मको सर्वाधिक सफल टिम मानिएको थियो। यसपछि सन् २०१५ मा पनि फेरि घरेलु लिग र कपको उपाधि तथा युरोपियन च्याम्पियनस् लिग उपाधि उचाल्दै बार्सिलोना दोस्रो पटक ‘कन्टिनेन्टल ट्रेबल’ उपाधि हात पार्ने युरोपको नै पहिलो क्लब बनेको थियो।

साथै सोहि बर्ष खेलेको सर्वाधिक ६ उपाधिको संभाव्यता रहेको प्रतियोगितामा ६ ओटा उपाधि नै जित्ने बार्सा पहिलो स्पेनिस क्लब पनि बनेको थियो। जसमा स्पेनिस सुपर कप, यूफा सुपर कप र फीफा क्लब वल्र्ड कप पनि सामेल छ।

सन् २०११ मा पुनः युरोपियन च्याम्पियनस् लिगसँगै पाँच उपाधि उचाल्दै पेप गुआर्डिओलाको प्रशिक्षणमा रहेको बार्साको त्यो बेलाको टिमले चार बर्षको अन्तरालमा १४ प्रमुख उपाधि जितेको थियो।

मेस्सी, जाभी र इनिएस्टा सहितको बार्सिलोनाको स्वर्णिम युगको त्यो टिमलाई विश्वको समग्र खेलकुद इतिहासकै हालसम्मको सर्वाधिक सफल टिम मानिएको थियो। यसपछि सन् २०१५ मा पनि फेरि घरेलु लिग र कपको उपाधि तथा युरोपियन च्याम्पियनस् लिग उपाधि उचाल्दै बार्सिलोना दोस्रो पटक ‘कन्टिनेन्टल ट्रेबल’ उपाधि हात पार्ने युरोपको नै पहिलो क्लब बनेको थियो।

तर यसको अर्को बर्षदेखि बिस्तारै ओरालो लाग्न थालेको बार्साको साख ६ बर्षमा नै पतन भयो। यसपछिका सिजनमा युरोपियन च्याम्पियनस् लिगको आफ्नो साम्राज्य गुमाएको बार्सिलोना सन् २०१६-१७ को सिजन देखी नकआउट चरणमा लगातार ठूलो अन्तरको हार भोग्न थाल्यो। जसमध्ये सन् २०१९-२० सिजनको क्वाटरफाइनलमा बायर्नसँग नै भोगेको ८-२ को हार सबैभन्दा पीडादायी थियो।

च्याम्पियनस् लिगमा बार्सिलोना जर्मन क्लब बार्यन म्यूनिखको लगातार प्रमुख शिकार बनिरह्यो। यो प्रतियोगितामा गत एक दशकमा खेलको ७ खेलमा बार्साले मात्र एक पटक म्यूनिखलाई हराउन सकेको छ।

युरोपमा असफल भएपनि बार्सिलोनाले सन् २०१७-१८ र २०१८-१९ मा त कम से कम घरेलु लिग जितेको थियो। तर अर्को सिजन भने एक उपाधि पनि नजितेको बार्साले गत सिजन स्पेनिस कप मात्र जित्यो।

तर हालको बार्सिलोनाको टिम र टिमको फर्म हेर्दा यसले युरोपा लिग जित्ने ल्याकत पनि राख्दैन। यदि भाग्य बदल्न आएका नयाँ प्रशिक्षक जाभीले केही जादु गरे मात्र बार्सिलोनाले युरोपा लिगको उपाधि उचाल्ला।

अब यो सिजनको भने उपाधि आशा नै छैन।

यो पटक च्याम्पियनस् लिगको समूह चरणमा खेलेको ६ खेलमा बार्सिलोनाले मात्र २ गोल गर्न सक्यो, डाइनामो केभविरुद्ध दुवै खेल १-० ले जितेको बार्साले यही दुई खेलमा एक-एक गोल गरेको थियो। बाँकी बार्यनसँगको दुवै खेल ३-० ले हारेको बार्सिलोना बेनफिकासँग पनि एक खेलमा ३-० ले पराजित भएको थियो।

खराब प्रदर्शन च्याम्पियनस् लिगमा मात्र होइन, बार्सिलोना स्पेनिस लिगमा पनि सातौ स्थानमा छ, जुन लिग लिडर रियल मड्रिडभन्दा १६ अंक पछाडि हो। यो सिजन लिगमा खेलेको १५ खेलमा उसले मात्र ६ खेल जितेको छ।

च्याम्पियनस लिगबाट बाहिरिएपछि अब बार्साले १७ वर्षमा पहिलो पटक युरोपीयन क्लबको ‘पावर र्‍याङ्किङ’मा दोस्रो दार्जाका क्लबले खेल्ने युरोपा लिग खेल्नेछ।

तर हालको बार्सिलोनाको टिम र टिमको फर्म हेर्दा यसले युरोपा लिग जित्ने ल्याकत पनि राख्दैन। यदि भाग्य बदल्न आएका नयाँ प्रशिक्षक जाभीले केही जादु गरे मात्र बार्सिलोनाले युरोपा लिगको उपाधि उचाल्ला।

तर युरोपा लिगको उपाधि बार्सिलोनाले जितेपनि कुनै ठूलो उपलब्धि मानिन्न। तर यो उपाधि जित्न सकेन भने चाहिँ अर्को ठूलो बेइजत भने पक्का हुनेछ।

युरोपा लिग जित्न पनि त्यति सजिलो कहाँ छ र फेरि। यो प्रतियोगितामा पनि जर्मन क्लब बोरुसिया डर्टमण्ड, इटालियन साइड एटलान्टा,स्पेनकै सेभिल्ला र इङ्लिस प्रिमियर लिग क्लब वेष्ट ह्यामजस्ता अन्य धेरै बलिया क्लबको चुनौती स्विकार्नुपर्ने हुन्छ।

बार्साको टाउको दुखाइ त यो सिजन खराब फर्ममा रहनुमा मात्र होइन अर्को सिजनको च्याम्पियनस् लिग कसरी खेल्ने भन्नेमा पनि छ। अर्को सिजन च्याम्पियनस् लिग खेल्न बार्सालाई स्पेनिस लिगको शीर्ष चार भित्र पर्न जरुरी छ। होइन भने अर्को उपाय युरोपा लिगको उपाधि जित्नु नै हो।

नत्र च्याम्पियनस् लिगका लागि छनोट नै हुन नसक्नु बार्सिलोनाको अर्को ठूलो बेइज्जत त हो नै आर्थिक संकटकै प्रमुख कारण यो अवस्थामा पुगेको क्लबको लागि च्याम्पियनस् लिग खेल्न नपाउनु ठूलो घाटा पनि हो।

सन् २०१४ मा निर्वाचित भएका पूर्वअध्यक्ष बार्टोमेउको कारण नै क्लब ठूलो आर्थिक संकटमा परेको र ऋणमा डुबेको बताइएको छ। जसले गर्दा क्लब हालको अवस्थामा पुग्यो।

किनकि च्याम्पियनस् लिग खेल्नु भनको उपाधिका लागि मात्र होइन। यो प्रतियोगिता खेलेबापत र प्रतियोगितामा जति माथिल्लो चरणमा क्लब पुग्छ त्यसकै आधारमा क्लबले आयोजक युरोपियन फुटबल महासंघबाट ठूलो रकम पनि पाउँछ।

सन् २०१४ मा निर्वाचित भएका पूर्वअध्यक्ष बार्टोमेउको कारण नै क्लब ठूलो आर्थिक संकटमा परेको र ऋणमा डुबेको बताइएको छ। जसले गर्दा क्लब हालको अवस्थामा पुग्यो।

उनले आफ्नो एकेडमीका खेलाडीमा विश्वास गरेनन्। धेरै महँगो रकम खर्च गरेर खेलाडी किने जसले राम्रो प्रदर्शन गर्न सकेनन्। नितान्त व्यक्तिगत रुचिका आधारमा क्लबका राम्रा खेलाडीलाई क्लब छाड्न बाध्य बनाए र ऋण नै लिएर भए पनि आफ्नो खर्चिलो कार्यकाल चलाए।

बार्सिलोना विश्वमै सबैभन्दा बढी समर्थक भएको र सामाजिक सञ्जालमा बढी फलो गर्ने क्लबमध्ये पर्छ। बार्सिलोना सन् १९२९ बाट शुरु भएको स्पेनिस लिगको तीन संस्थापक क्लबमध्ये हो जो हालसम्म रेलिगेसनमा पनि परेका छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...