spot_img

spot_img

खुला आकाशमुनि थन्कियो रेल, बिग्रिन थाले पाटपूर्जा – Nepal Views

जनकपुरधाम। देशको एक मात्र रेल सेवा सञ्चालनका लागि डेढ वर्षअघि खरिद गरी ल्याइएको दुई सेट रेल खुला आकाशमुनि थन्क्याएर राख्दा बिग्रिन थालेको छ। ई वटा बोगीसहित रेल करिब दुई वर्षदेखि धनुषाको इनर्वा स्टेशनमा त्यतिकै छ।

जनकपुरधामदेखि जयनगरसम्म ब्रोडगेज रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसकेको र तीन वर्षदेखि पटक-पटक सञ्चालनको मिति तोकिए पनि रेल सञ्चालन हुन नसक्दा यस क्षेत्रका जनता पनि निराश भएका छन्।

धनुषाको इनर्वामा थन्क्याएर राखिएको रेल सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ। सशस्त्र प्रहरीले २४ औं घण्टा हतियारसहित रेलको रखबारी गरिरहेका सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए।

लामो समयदेखि रेल एउटै स्थानमा राखिएकाले दुवै रेलको ब्याट्री, चक्कासँग जोडिएर रहेको पिस्टन, जेनरेटरका ब्याट्रीलगायत समान बिग्रिइसकेका छन्। त्यसैगरी नेपालको रातो निलो र सेतो रंगले पोतिएको पनि खुइलिसकेको छ।

शुरुको दुई तीन महीनासम्म रेलका दुवै इन्जिनलाई समय–समयमा स्टार्ट गर्ने र बन्द गर्ने गरिन्थ्यो। तर, करिब १ वर्षदेखि रेलको इन्जिन त्यत्तिकै ठप्प राखिएको छ। जसका कारण इन्जिनमा प्राविधिक गडबडी हुन थालेको छ।

रेल्वेका एक कर्मचारीले भने, “कहिलेकाहीँ रेल निरीक्षण गर्न जनकपुरधामबाट हाकिमहरू आउँछन्, बाहिरबाटै हेरेजस्तो गरेर औपचारिकता पूरा गर्छन्। अनि फर्किन्छन्। उहाँहरू हामीसँग कुँनै कुरा सोध्नु हुन्न।” उनका अनुसार दुवै रेलका ब्याट्री खराब भइसकेका छन्। नयाँ लगाएपछि मात्रै रेल चलाउन सकिने आफूले कुराकानी सुनेको उनले बताए।

नेपाल रेल्वेका इन्जिनियर रोशन कुमार देवले पनि लामो समयदेखि एउटै स्थानमा रेल पार्क गरिएकाले ब्याट्री, पिस्टनलगायत सामान बिग्रिसकेको स्विकारेका छन्। ती सामग्री फेर्नुपर्ने अवस्था आएको पनि उनले बताए।

इन्जिनियर देवले रेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ आवश्यक भएकाले ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने उनले बताए। तत्काल रेल सञ्चालन हुने अवस्था नरहेकाले ती बिग्रेका सामानहरू पनि नफेरिएको उनले जानकारी दिए।

इन्जिनियर देवले बजेट अभावका कारण रेल सञ्चालन नै हुन नसकेको अवस्थामा थन्काएर राखिएको बताए। सञ्चालन नुहेन भएपछि इन्जिन मर्मत सम्भारतर्फ कसैको ध्यान नजानु स्वाभाविक भएको पनि उनलको भनाइ छ। बिग्रेको इन्जिन मर्मत गर्न भारतीय प्राविधिक नै आउनुपर्ने भएकाले रेल सञ्चालन हुने समयमै इन्जिन बनाइने उनले बताए।

यता रेल्वेसम्बन्धी अध्यादेश आएपछि कर्मचारी व्यवस्थापनको काम अगाडि बढाउने तयारी नेपाल रेल्वे कम्पनी लिमिटेडले गरिरहेको छ। महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि साँढे चार लाख टिकट पनि छाप्ने काम भएको जानकारी दिए। यद्यपि सञ्चालनको मिति अझ तय नभएको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...