वीरगञ्ज, ३ पुस । वीरगञ्जको त्रिमुर्ति टोलमा जडित सिसिटिभी क्यामेराको स्वामित्व सेफर वीरगञ्जलाई हस्तान्तरण गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीमा मनिटर रहने र केन्द्रले नै अभिभारा लिने गरी शनिवार बिहान एक कार्यक्रमका बिच सेफर वीरगञ्जलाई हस्तान्तरण गरिएको हो ।
त्रिमुर्ति टोल बिकास तथा सुधार समितीले टोलवासीको सहयोग, वीरगञ्ज महानगरपालिकाको सहयोग, समितिको कोषबाट गरी विभिन्न स्थानमा १३ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
जडित सिसिटिभि क्यामेराको सहयोगमा अपराध न्युनिकरणका साथै नागरिकको सुरक्षामा टेवा पुग्नेमा वक्ताहरुले जोड दिएका थिए ।
त्रिमुर्ति टोल विकास तथा सुधार समितीका अध्यक्ष उमा मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष रामकुमार सर्राफ, सचिव कुलनारायण प्रधान, जगदिश शर्मा लगायतको उपस्थिती रहेको थियो ।