एजेन्सी। बार्सिलोनामा देखिएको गोलको खडेरी चिर्नका लागि इडिन्सन काभानी महत्वपूर्ण खेलाडी हुनसक्छन्। यी फरवार्डले बार्सिलोनाबाट आएको प्रस्तावलाई स्विकारिसकेको स्पेनिस अनलाईन पोर्टल मार्काले जनाएको छ।
सर्जियो अगुइरोले सन्यास लिएपछि बार्सिलोनाबाट तलब बुझ्ने एक खेलाडीको संख्यामा कमी आएको थियो। तलबको सीमाका कारण धेरै खेलाडी अनुबन्ध गर्न सक्ने अवस्थामा नरहेको बार्साले त्यही ठाउँमा काभानीलाई भ्त्रियाउन खोजेको छ।
म्यानचेस्टर युनाइटेडमा पछिल्लो समय उनले थोरैमात्र समय खेलेका छन्। २ नोभेम्बरयता, उनी मैदानमा देखिएका छैनन्। त्यसैले, उनी बार्सा जाँदा पनि युनाइटेड धेरै दुखी नहुनसक्छ। तर, गोलको खडेरीबाट गुज्रिएको बार्सालाई भने यो ठूलो अवसर हो।
यसअघि काभानीलाई बोका जुनियर्सले पनि क्लबमा भित्र्याउन चाहेको थियो। तर उनले प्रस्ताव अस्विकार गरे। ३४ वर्षीय काभानीले युनाइटेडबाट ३१ खेलमा ११ गोल गरेका छन्। त्यसअघि उनी पेरिस सेन्ट जर्माइनबाट खेल्थें। जहाँ, उनले २ सय खेलमा १ सय ३८ गोल गरेका छन्। उरुग्वेका लागि उनले १ सय २६ खेलमा ५३ गोल गरेका छन्।