जिल्ला पर्सा गा.बि.स. गम्हरिया वडा नं.३ मा बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा गा.बि.स.रामनगरी वडा नं.२ हाल परिवर्तित बहुदरमाई न.पा.वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५०,०००।– पचास हजार जरीवाना तोकिएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले मिति २०७८।०९।०१ गते १२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थितबाट पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको डिएसपी खनालले जानकारी दिए ।