
समुन्द्र र कविता
काठमाडौं–गायक तथा मोडल समुन्द्र खतिवडा र कविता गौतमको अभिनय रहेको ‘आँखामा तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा समुन्द्र खतिवडाको शब्द र स्वर र भारतीय संगीतकार शहीद रहमानको संगीत छ । रोमान्टिक भर्सनको गीत दुबईको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ ।
भारतीय निर्देशक सलेश पिल्लाईको निर्देशन रहेको भिडियोमा वासिम अहमदको मेकअप, शहीद रहमानको छायांकन तथा सम्पादन छ ।
आयन राई निर्माता रहेको भिडियो राग म्यूजिक नेपालको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।