spot_img

spot_img

मलको हाहाकारले किसान आन्दोलित – Nepal Views

सप्तरी। मल नपाएको भन्दै विरोधमा उत्रिएका किसानको गुनासो सम्बोधन गर्न माग गर्दै नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी सङ्घको कार्यालय निरीक्षण, अनुगमन र किसानसँगको छलफलपछि समूहले आज ज्ञापनपत्र बुझाएको अध्यक्ष रघुवर साहले बताए।

गहुँबालीको रोपाइँको समय सकिन लाग्दासमेत मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिति देखिएकाले आपूर्ति बढाउन र बिक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउन समूहले माग गरेको छ। सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई कारवाही गर्नसमेत समूहले माग गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मागभन्दा निकै कम मल आपूर्ति भएकाले अभाव सिर्जना भएको बताए। सप्तरीका लागि चाहिनेभन्दा एक चौथाइ मल मात्र प्राप्त भएकाले थप मल ल्याउन पहल गरेको जानकारी उनले दिए। निगरानी समूहले मलको आपूर्ति बढाउन, बिक्रीवितरण पारदर्शी गर्न, वितरण प्रणालीको तथ्यांक व्यवस्थित राख्न, डिलर, सहकारीको अनुमगन गर्न र समस्या समाधानको हरसम्भव उपाय खोज्न माग गरेको छ।

साह नेतृत्वको टोलीले कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव, कृषि सामग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मु, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेसँगसमेत भेट गरी प्राप्त मल वास्तविक किसानसम्म पुर्‍याउन आग्रह गरेको छ। कृषि सामग्रीका प्रमुख मुर्मुले सप्तरीलाई तीन हजार मेट्रिकटन डिएपी मलको आवश्यक रहेकामा ७८३.५ मेट्रिकटन मात्र प्राप्त भएको जानकारी दिए। जसमध्ये ७६०.९ मेट्रिकटन सहकारी संस्थामार्फत बिक्रीवितरण भइसकेको उनले बताए।

जिल्ला आपूर्ति समितिको आजको बैठकले सूचीकृत सहकारी/डिलरलाई छुट्याएर बाँकी मौज्दात रहेको ८०० बोरा मल राजविराजस्थित चार वटा सहकारीमार्फत प्रतिकिसान २५ किलोका दरले वितरण गर्ने निर्णय भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए। सप्तरीका प्रहरी उपरीक्षक काफ्लेले मल गोदाममा राखी किसानलाई नदिने, कालोबजारी गर्ने, महँगोमा बिक्री गर्नेबारे सूचना दिन आग्रह गर्दै त्यस्तालाई कारवाही गर्ने प्रतिबद्धता जनाए।

समूहको टोलीमा इन्सेक सदस्य वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, समूहका कोषाध्यक्ष पुनम पोखरेल, सदस्य राधा अर्याल, सीतादवी यादव, पुनिता कर्ण र सहजकर्ता दीपक यादव रहेका थिए।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको समूहले किसानसँग छुट्टै अन्तर्क्रिया गरेर मलको अवस्थाबारे जानकारी लिएको छ। विभिन्न स्थानीय तहबाट मल खोज्दै सदरमुकाम आएका किसान मल नपाएर चिन्तित र आक्रोशित भएको तिलाठी कोइलाडी गाउँपालिका–१ का एकनाथ यादवले बताए।

छलफलमा किसानले गहुँ रोपाइँको समय सकिन लाग्दासमेत मल पाएका छैनन। अधिकांश किसानले गाउँका डिलरले पहुँच हुनेलाई मात्र मल दिने गरेको गुनासो गरेका छन्। विष्णुपुर गाउँपालिका–७ का तेजनारायण साहले एक बोरा डिएपी मलका लागि दिनभरी धाउँदासमेत खाली हात फर्किनुपरेको भन्दै डिलरले मल लुकाएर महँगोमा बेच्ने गरेको गुनासो गरे।

मल नपाएर आक्रोशित बनेका किसानले आज तेतरीगाछी, जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन्। मलको प्रतिक्षामा दिनभरी उभिँदासमेत मल नपाएपछि आक्रोशित किसानले राजविराजमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। यसैगरी निगरानी समूहले राजविराजस्थित केअ माध्यमिक बिद्यालयको अनुगमन, निरीक्षणसमेत गरेको छ। विद्यालयमा शौचालय, स्वास्थ्यकर्मी नर्स, छात्रामैत्री वातावरण, खाजा व्यवस्था, कोभिड– १९ बाट सुरक्षा आदिबारे समूहले विद्यालय प्रशासनसँग जानकारी लिएको छ।

विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थीको पठनपाठन, सेनेटरी प्याड, प्राथमिक उपचार र औषधिबारे जानकारी लिएको समूहले निरीक्षण गर्दा विद्यार्थीका लागि राखिएको औषधि म्याद गुज्रिएको फेला परेको इन्सेक सहजकर्ता दिपक यादवले बताए। म्याद नाघेका औषधि विद्यालयबाट तुरुन्त हटाउन र आवश्यक गुणस्तरीय औषधि राख्न निगरानी समूहले नर्स रिङ्की यादवसँग आग्रह गरेका छन्। इन्सेकद्वारा गठित समूहले सहायक प्रधानाध्यापक निलम मिश्र र शिक्षकसँग विद्यालयको अवस्था र समस्याका बारेमा समेत अन्तर्क्रिया गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...