spot_img

spot_img

प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

वीरगञ्ज २८ मंसिर । झन्डै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको प्रदेश नं २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको शुरुआत गरिएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गरी उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

सो परियोजनामा ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ ।

आयोजनाका संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनीन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत् वितरण प्रणालीको सुदृढीकरण तथा पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिनेछ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दाे र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेसनको निर्माण गरिनेछ । साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिनेछ ।

शिलान्यास कार्यक्रममा बर्दिवास नगरपालिका–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले सबस्टेसन निर्माणपछि उक्त क्षेत्रमा हाल रहेको न्यून भोल्टेज र बारम्बार बिजुली जाने समस्याको समाधान भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

प्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क खान-बस्न व्यवस्था मिलाएको...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा रहेको रामराजा मोहन...