spot_img

spot_img

संस्कृति अतिक्रमणविरुद्ध कलाकारहरुको महाअभियान

काठमाडौं–नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्वलगायतमा भएको अतिक्रमणविरुद्धमा कलाकारहरुले ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा गरेका छन् । कलाकार उत्पादनमा सक्रिय संस्था परिवर्तन नेपालले अभियानको शुभारम्भ गर्दै महाअभियानमा नाटक मञ्चनदेखि फिल्म निर्माणसमेत गर्ने जनाएको छ ।

महाअभियानका संयोजक मोहन निरौलाले राजनैतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्नेलगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए ।

उनले महाअभियान गैह्र मुनाफा र गैह्र व्यावसायिक रहने दाबी गर्दै महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत प्रगति विवरण सार्वजनिक गर्ने जनाए । ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं,’ उनले भने ।

महाअभियानको शुभारम्भ गर्दै फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताइन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्षसमेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् ।

महाअभियानको संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं....

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी...

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...