spot_img

spot_img

नेप्से परिसूचकमा ८८.७० अंकले गिरावट

काठमाडौं। यो साताको पहिलो दिनको ( आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ।

मौद्रिक नीतिको समिक्षा पछि १५ दिन देखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ। आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ।

८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ। गत बिहीबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो।

आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ।

आज कारोबारमा आएका २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। गत बिहिबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.४५ प्रतिशत घटेको छ।
विकास बैंक, ६.४१ प्रतिशत, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतले घटेको छ। त्यस्तै,आज उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ।

सबै उपसमूहमा गिरावट देखिए पनि आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक १.४६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशत बढेको छ। आज सबैभन्दा बढी नयाँ सारथी लघुवित्तको १० प्रतिशत घटेका छ।

त्यस्तै, लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

सशस्त्र प्रहरी पर्सा द्वारा ३६ लाख मूल्य बराबरको अवैध समान बरामद

धिरज बर्णवाल वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विदेशबाट लागु औषध डिलेभरी हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार,...

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम...