बिरगन्ज |
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रिजाल निर्विरोध निर्वाचित भएका हुन् । उहाँसंगै प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका आनन्द प्रसाद ढुंगाना पनि निर्विरोध निर्वाचित भएका छन ।
निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् । सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।