spot_img

spot_img

तीन महीना पूरा भएका गर्भवतीलाई मन्त्रालयको अनुरोध, ‘कोरोना खोप लगाउनुस्’

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिना पूरा भएका गर्भवतीलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउन अनुरोध गरेको छ।

पहिलो तीन महीना कटिसकेका सबै गर्भवती महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको हो।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भवती महिलाले नजिकैको खोप केन्द्रमा गएर सहज रुपमा खोप लगाउन सक्ने बताए।

उनी भन्छन्, ‘‘नेपाल सरकारले खोप सम्बन्धमा थप अर्को निर्णय गर्दै गर्भवती महिलाको गर्भ तीन महीना कटिसकेको छ भने कोभिडविरुद्धको खोप लगाएर आफूलाई सुरक्षित बनाउन अनुरोध गरेका छौं।”

डा. लालले गर्भवती महिलाले नेपालमा उपलब्ध खोपमध्ये एस्ट्राजेनेका, कोभिसिल्ड र भेरोसेल जुन खोप लगाए पनि हुने बताए।

नेपालमा २३ मंसीरसम्म कुल जनसंख्याको ३६ प्रतिशतले पहिलोमात्रा खोप लगाएका छन् भने दास्रो मात्रा ३० प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

बारामा एक बोर्डिङका प्रधानाध्यापकमाथी गोली प्रहारगरी हत्या ।

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा...

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

वीरगंज, १३ कात्तिक । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको...

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको...

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको...

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आइतवार राति ८ः३०...