spot_img

spot_img

कांग्रेस सभापतिका लागि इतर पक्षबाट साझा उम्मेदवारको सम्भावना न्यून

काठमाडौं। भोलि (२४ मंसीर)बाट शुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देउवाइतरको साझा उम्मेदवार छनोटको सम्भावना न्यून हुँदै गएको छ।

साझा उम्मेदवारका लागि इतर समूहको पटक पटक बैठक बसे पनि सहमति हुन नसकेपछि नेताहरू अनौपचारिक संवादमा जुट्न थालेका छन्।

नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी नछाड्ने अडान लिएपछि साझा उम्मेदवारको सम्भावना कम हुँदै गएको हो।

आज बिहान इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठकपछि अर्जुननरसिह केसी, बलबहादुर केसी र महेश आर्चायले प्रकाशमान सिंह र शेखर कोइरालासँग भेटका थिए।

यो पक्षका केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने गरी नेता सिंह र शेखरसँग भेट गरेका थिए। भेटमा सिंह नै साझा उम्मेदवारका लागि सहमतिमा नआएको भन्दै शेखरले उनलाई मनाउन भनेका थिए।

यसरी बुधबार साँझसम्म साझा सभापतिको उमेदवारी घोषणा गर्ने इतर पक्षमा साझा उम्मेदवार बन्ने सम्भावना न्यून बनेर गएको छ।

नेता बलबहादुर केसीले नेपालभ्यूजसँग भने, “सहमतिका लागि छलफल जारी छ, हामी भोलिसम्म साझा उम्मेदवार घोषणा गर्नेगरी गृहकार्य गरिरहेका छौं।”

साझा उम्मेदवार छनोटकै लागि महामन्त्री कोइराला निवासमा छलफल जारी रहेको उनले बताए।

इतर पक्षबाट सभापतिका लाग वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी गरिरहेका छन्। महामन्त्री शेखरले गत सोमबार नै पौडेललाई साझा उम्मेदवारको प्रस्ताव गरे पनि यसमा अरु नेताहरू सहमत भएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक...

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । बुधवार बिहान ८ः३०...

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ...