विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी पोखरातर्फ लग्दै गरेको सूचना प्राप्त भएमा पर्सा प्रहरीबाट खटिएको टोलीले मिति २०७८।०८।२२ गते अ.२३ः४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडकखण्डमा ना. ख २२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा जितपुर सिमरा उप(महानगरपालिका वडा नं.९ बस्ने वर्ष २५ को सागर रायलाई नियन्त्रणमा लिएको छ रू.५०,००,०००।–पचास लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।०८।२३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनाल बताए।