spot_img

spot_img

हारे पनि राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामा विचलित भएको छैन- भीम रावल

धनगढी। नेकपा एमालेका नेता भीम रावलले दशौं महाधिवेशनमा हारे पनि राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामा विचलित नभएको बताएका छन्।

बुधबार गृहजिल्ला अछामको साँफेबगगरमा एमाले कार्यकर्ताहरूलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक पटक विजयी भएको हुँ। हामीले यहाँबाट काँधमा चढाएर कयौँलाई संसदमा पुर्‍याएका हौँ,” उनले भने, “मैले यो राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाएको थिएँ। मिचिएका सीमानाबाट विदेशी हस्तक्षेप हट्नुपर्छ भनेको हो। महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट म विचलित भएको छैन।”

उनले मातृभूमिबाट विदेशी बुट बजारिरहँदा, लिम्पियाधुरामा भारतीय अतिक्रमण भइरहँदा केही नेताहरू एमसीसी पास गरेर आफ्नो पद बचाउन लागेका आरोप पनि लगाए। तर उनले यो देशलाई उपनिवेश हुन नदिने पनि बताए।

उनले एमालेको दशौं महाधिवेशनमा जनताको बहुदलीय जनवाद सुहाउँदो गतिविधि नभएको पनि बताए। दशौं महाधिवेशनमा मैले अध्यक्ष पदमा उमेद्वारी दिएको थिएँ। प्रतिनिधि चयनदेखि उम्मेदवारी र चुनाव हुने सिलसिलामा के के भए ? एउटा कम्युनिष्ट पार्टीलाई सुहाउने कुरा भए कि भएनन् त्यहाँ ? उनले भने, “हाम्रो पार्टीको बहुदलीय जनवादले प्रत्येक पार्टीलाई प्रतिस्पर्धामा जाने अधिकार दिएको छ। चुनाव लड्न पाउँदैनस्, उम्मेदवारी दिन पाउँदैनस् भन्छन् भने त्यो निरंकुशता हुन्छ।

उनले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताए। “आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिएँ। म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारेँ। अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डा उठेको छ,” उनले थपे, “तर मैले एमालेमा जितेको छु, हारेको छैन। पदमा कसले हारेको छैन र ? आठौँमा ओलीसँगै हामीले हारेका हौँ। मान्छे त्यतिबेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ।”

रावलले गुटको स्वार्थलाई मानि राख्ने मानिसहरू चितवनमा हारेको पनि बताए। भने, “गुटको स्वार्थलाई माथि राख्ने मानिस पराजित हुन्छ। म चितवनको महाधिवेशनबाट पराजित भएको छैन,” उनले भने, “स्वच्छ निर्वाचनभन्दा अनेक प्रकारका अनियमित अवाञ्छित गरेर पनि जितेँ भन्ने लाग्ला। तर मेरो एजेण्डाले जितेको छ मैले हारेको छैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक...

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । बुधवार बिहान ८ः३०...

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ...