सर्लाही । अवैध र अनुमति नभएको औषधि बेचिएको पाइएपछि सर्लाहीको एक अस्पतालको फार्सेसी सिल गरिएको छ।
सर्लाहीको हरिवनमा रहेको सरस्वती अस्पतालको फार्मेसीलाई सोमबार औषधि व्यवस्था विभागको टोलीले छापा मारी सिल गरेको हो।
साथै उक्त फार्मेसी दर्तासमेत नभएको पाइएपछि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जबाट आएको टोलीले सिल गरेको हो। टोलीमा रहेका डा चन्देश्वर यादवसहित तीन जनाको टोलीले आज (सोमबार) हरिवन क्षेत्रका औषधि पसलहरूको छड्के अनुगमन गरेको थियो।
उनले फार्मेसीलाई तत्कालै सिल गरेर त्यसका सञ्चालकलाई औषधि व्यवस्था विभागमा आउन भनिएको बताए।