spot_img

spot_img

‘फ्रेन्चाइज लिग’मा फर्कदै सन्दीप

काठमाडौं। कोभिडले तहसनहस नपारेको सायदै कुनै क्षेत्र होला। यसको बढी चपेटामा परेका केही विशेष क्षेत्रमध्ये खेलकुद पनि एक हो। कोभिडकै कारण लामो समय विश्व खेलकुदसँगै नेपाली खेलकुद पनि ठप्प प्राय भयो।

‘फ्रेन्चाइज लिग’ खेलेरै ‘ग्लोबल स्टार’ बनेका नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेको व्यवसायिक खेलमा पनि कोभिडले धेरै असर गर्‍यो। कुनै बेला उनी संसारमा एक वर्षमा सबैभन्दा बढी फ्रेन्चाइज लिग खेल्ने खेलाडी समेत बनेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एशोसियट राष्ट्रबाट यो उपलब्धि हासिल गर्नु सानो उपलब्धी थिएन।

तर क्लब क्रिकेटको उनको व्यवसायिक व्यस्ततामा भने गत एक वर्षमा अल्पविराम लाग्यो। जसको प्रत्यक्ष वा अप्रत्यक्ष कारण कोभिड नै थियो। एक वर्षमा उनले नेपालकै एभरेष्ट प्रिमियर लिगबाहेक अन्य बिदेशी लिग खेलेको भनेको एउटा बिग ब्यास मात्र थियो।

कोभिड अगाडि लगातार ‘फ्रेन्चाइज लिग’ खेल्नका लागि विभिन्न देश चाहार्दा नेपाल आउन पनि नभ्याउने उनले यो वर्ष भने स्वदेशमा राम्रै छुट्टी मनाए। देशका लागि खेल्दै केही अन्तर्राष्ट्रिय प्रतियोगितामा योगदान पनि दिए।

तर उनी फेरि ‘फ्रेन्चाइज लिग’ मा फर्कदैछन्। ‘फ्रेन्चाइज लिग’ खेलेर नै धेरै देशमा नेपाली क्रिकेटको पनि अस्तित्व रहेको प्रमाणित गरेका सन्दीप हाल अष्ट्रेलियामा छन्, बिग ब्यास लिगका लागि।

आइतबारदेखि शुरु अष्ट्रेलियाको घरेलु टी-ट्वान्टी लिग, बिग ब्यासको ११ औँ संस्करणमा, उनी यो सिजन पनि होबर्ट हरिक्यान्सबाटै खेल्दैछन्।
अघिल्लो सिजन होबर्ट हरिक्यान्सँग आवद्ध २१ वर्षीय लिग स्पिनर सन्दीपलाई यो सिजन पनि विदेशी खेलाडीको रूपमा उक्त क्लबले अनुवन्धित गरेको हो।

होबर्ट हरिक्यान्सँग पुनः अनुवन्धित भएपछि अष्ट्रेलिया जानुअघि सन्दीपले भनेका थिए,“म यो वर्ष पनि पुनः हरिक्यानसबाट खेल्नका लागि आशावादी थिएँ। अघिल्लो सिजन यो टिमबाट खेल्दा बिताएको समय निकै रमाइलो थियो। त्यसैले म उत्साहित छु र यो वर्ष मैले पूरै प्रतियोगिता खेल्दैछु। टिममा हामीसँग निकै राम्रा खेलाडीहरू थिए, जसमध्ये धेरैले यो सिजन पनि सँगै खेल्दैछौं। यो वर्षलाई टिमको उपलब्धीमूलक वर्ष बनाउन मैले पूरै सिजन खेल्दा व्यक्तिगत रूपमा बलियो प्रदर्शन र योगदान गर्न सक्छु भन्ने आशा गरेको छु।”

अघिल्लो सिजन उनले जम्मा आठ खेल मात्र खेल्न पाएका थिए। यो पटक भने होबर्ट हरिक्यान्सबाट बिग ब्यासका सबै खेल खेल्ने भएका छन्। उनले अघिल्लो सिजन खेलेका आठ खेलमा ७.५४ को इकोनोमीमा आठ विकेट लिएका थिए।

यसअघिका दुई संस्करणमा भने उनले मेलवर्न स्टार्सबाट खेलेका थिए। मेलवर्नबाट खेलेका दुई सिजनमा उनको प्रदर्शन राम्रै थियो। मेलवर्नबाट खेलेको कुल २१ खेलमा ७.१ को इकोनोमीमा उनी २६ विकेट झार्न सफल भए।

विशेषगरी अर्का अष्ट्रेलियन स्टार स्पिनर एडम जम्पा र उनको स्पिन जोडीले मेलवर्नको बलिङ पक्षलाई निकै बलियो बनाएको थियो। उनी सन् २०१८-१९ र २०१९-२० मा मेलवर्नमा रहँदा दुवै पटक मेलवर्न लिगको उपविजेता बनेको थियो।

तर अघिल्लो सिजन मेलवर्नले उनलाई टिममा राख्न खासै इच्छा देखाएन। त्यसपछि होबर्ट हरिक्यान्सले सन्दीपलाई टिममा आवद्ध गरेको थियो।
गत संस्करणको बिग ब्यास भने होबर्टका लागि सम्झन लायक थिएन। सन्दीपले खेलेको पहिलो वर्षमा नै होबर्ट लिगमा छैठौँ भयो। होबर्ट हरिक्यान्सले हालसम्मका १० बिग ब्यास संस्करणमा एक पटक पनि उपाधि जित्न सकेको छैन।

उसको बिग ब्यासमा हालसम्मको सबैभन्दा राम्रो नतिजा भनेको दुई पटक फाइनल खेल्नु हो। तर दुवै पटक फाइनलमा पराजित हुँदै उपविजेतामै सीमित होबर्ट यो पटक भने पहिलो बिग ब्यास ट्रफी उचाल्ने दाउमा छ। जसका लागि सन्दीपलाई क्लबले टिमको महत्वपूर्ण खेलाडीको रूपमा हेरेको छ।

प्रतियोगिता शुरु हुनुअघि होबर्टका प्रमुख प्रशिक्षक एडम ग्रिफ्थले पनि उनको खुलेरै प्रशंसा गरे, ‘सन्दीप फेरि टिममा आवद्ध भएकोमा हामी धेरै खुशी छौं, उनी गत वर्ष हाम्रा लागि निकै फलदायी सावित भएका थिए। मैदानमा बलिङमा देखाएको प्रदर्शनमा मात्र होइन, मैदान बाहिर पनि युवा जोशमा रहेका उनी टिमसँग सजिलै घुलमिल हुन्थे र यो पटक पनि टिममा आउन पाउँदा निकै उत्साहित छन्। हामी पनि उनलाई यो पटक पूरा प्रतियोगिताभरि नै टिममा पाउँदा निकै उत्साहित छौं।”

करीब दुई महीना चल्ने प्रतियोगितामा होबर्टको पहिलो खेल बुधबार डिफेण्डिङ च्याम्पियन सिड्नी सिक्सर्ससँग छ।

सन्दीपले सन् २०२१ मा खेलेको एक मात्र फ्रेन्चाइज लिग भनेको यही बिग ब्यास मात्र थियो। कोभिडका कारण समयमा भिसा पाउन नसकेकाले उनले इंल्याण्डमा पहिलो पटक आयोजना भएको एक सय बलको क्लब क्रिकेट प्रतियोगिता ‘दी हण्ड्रेड’ सँगै इंल्याण्ड कै टी-ट्वान्टी लिग ‘भाइटिलिटी ब्लाष्ट’ पनि खेल्न पाएका थिएनन्।

त्यसैगरी वेष्ट इण्डिजको लिग क्यारेबियन प्रिमियर लिग सीपीएलमा पनि ‘ट्रिनिड्याड नाइट राइडर्स’ ले उनलाई टिममा आवद्ध गरेको थियो। तर कोभिडका कारण उनले यो प्रतियोगिता पनि गुमाए।

सन् २०१६ को आईसीसी यू–१९ विश्वकपमा गरेका उत्कृष्ट प्रदर्शनपछि उनी एकाएक चर्चामा आएका थिए। त्यो बेला मात्र १६ वर्षका उनी विश्वकपमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बनेका थिए। कुल ६ खेलमा १४ विकेट लिएका उनले आयरल्याण्ड विरुद्धको खेलमा पाँच विकेट गिराएका थिए।

उनको स्पिन बलिङको कलालाई अष्ट्रेलियाका पूर्वस्टार क्रिकेटर माइकल क्लार्कले पछ्याइरहेका रहेछन्। यसपछि माइकल क्लार्कले नै उनको खुबीलाई चिनेर उनलाई अवसर प्रदान गरे। सन् २०१६-१७ मा अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रिमियर क्रिकेटका लागि उनले क्लार्ककै क्लब वेष्टर्न सबर्बबाट खेल्न पाए।

उनका लागि अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्लार्क नै ‘गडफादर’ सावित भए। माइकल क्लार्ककै सहयोगमा सन् २०१८ को इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले टिममा आवद्ध गराएपछि उनले पछाडि फर्किएर हेर्नु परेन।

आईपीएलसँगै सोही वर्ष उनले क्यानडाको ग्लोबल टी-ट्वान्टी लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, बंलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग पनि खेले। उनले वेष्ट इण्डिजको लिग क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाएका थिए।

यदी फर्मले साथ दिए र चोटले धोका नदिए उनले यो पटक बिग ब्यासको हरेक म्याच खेल्ने पक्का छ। यो लिगमा राम्रो प्रदर्शन गर्न सके फेरि आईपीएलमा फर्कने मौका पनि बन्न सक्छ।

आउँदो एक महीनामा नै आईपीएलको ‘मेगा अक्सन’ हुँदैछ। आईपीएलको तीन सिजन दिल्लीले उनलाई टिममा राखेर सन् २०२० पछि फुकुवा गरेको थियो। यो वर्षको अक्सनमा भने कुनै पनि टिमले उनलाई खरीद गरेन। तर अब आईपीएलमा दुई टिम थपिएर १० टिम भएका छन् र ‘मेगा अक्सन’ भएका कारण सबै टिमले धेरै खेलाडी किन्नेछन्।

फेरि धेरै टिमको आँखा यूवा खेलाडीमा हुनेछ। त्यसैले पनि उनका लागि पुनः आईपीएलमा फर्किने यो सुनौलो मौका हो, जहाँबाट उनले आफ्नो लोभलाग्दो क्लब क्रिकेट करियर शुरु गरेका थिए।

म्याचमा प्रदर्शनका लागि मात्र होइन सन्दीपलाई टिममा भित्राएपछि क्लबको ‘फ्यान फलोइङ’ पनि ह्वात्तै बढ्छ। सन्दीप जुन टिममा गयो उनका नेपाली समर्थकहरू स्वतः त्यो टिमको पनि समर्थक भैहाल्छन्। दिल्लीले पनि उनलाई खेलाडीसँगै सामाजिक सञ्जालमा क्लबको लोकप्रियता बढाउने माध्यमको रूपमा पनि प्रयोग गरेको थियो।

यता बिग ब्यासमा खेल्दा पनि सन्दीपकै मात्र खेल हेर्नका लागि पनि अष्ट्रेलियामा रहेका धेरै नेपालीहरू मैदानमा पुग्ने गर्छन्। त्यसैले अष्ट्रेलियन क्रिकेटले उनलाई ‘फ्यान फेबरेट’ को संज्ञा दिने गरेको छ र अष्ट्रेलियन घरेलु क्रिकेटमा दर्शकको सहभागिता बढाउनमा उनको योगदान रहेको बताउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...