काठमाडौं। युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले पोचुगलको लिग च्याम्पियन स्पोर्टिङ लिस्बन र एफसी पोर्टोलाई कारबाही गरेको छ।
यूईएफएले पोर्टोलाई तीन लाख युरो तथा लिस्बनलाई दुई लाख ५० हजार युरो जरिवाना रकम ताेकेकाे छ।
यी दुवै क्लबले वित्तीय अनुशासन उल्लंघन गरेको यूईएफएले जनाएको छ। यी क्लब आवश्यकभन्दा बढी रकम खर्च गरेपछि कारबाहीमा परेका हुन्।
यी दुईसँगै युरोपका अन्य ६ क्लब पनि यूर्एएफएको कारबाहीमा परेका छन्। उनीहरु पनि वित्तीय अनुशासनकै कारबाहीमा परेका हुन्।
ती क्लबमा स्पेनको रियल बेटिस, पोर्चुगलको सान्टा क्लारा, रोमानियाको क्लुज, काजकस्तानको अस्टना, बुल्गेरियाको सोफिया र गिब्राल्टरको मोन्स रहेका छन्।
यूईएफएले जरिवाना रकम २०२२ को जनवरी ३१ सम्म भुक्तानी गर्न अन्याथा यूईएफएको प्रतियोगितामा प्रतिबन्ध लगाउने बताएको छ।